पोखरा २० मा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा रोक

पोखरा, १५ चैत्र/ पोखरा महानगरपालिकाको वडा नम्बर २० मा अपरिचित ब्याक्तिहरु अनावश्यक रुपमा सवारी साधनहरु आवतजावत गर्न थालेपछि वडा र स्थानियहरुले अत्यावश्यक वाहेकका सवारीलाई पूर्ण रुपमा रोक लगाउने भएको छ ।

कोरोनाको संक्रमणलाई लक्षित गरी नेपाल सरकारले मुलुकमा लकडाउन लागु गरेपनि पोखरा २० को भलाम आसपासमा अपरिचित ब्याक्तिहरु संगै अनावश्यक रुपमा सवारी साधनहरु गुड्ने क्रम नरोकिएपछि वडा कार्यालय, स्थानिय श्रृङखला युवा क्लव र एकता सामुदायिक क्लवको संयुक्त पहलमा भोलीदेखी अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधनलाई आफ्नो वडामा प्रवेशमा रोक लगाउने भएको हो ।

मुलुकभर कोरोनाको त्रास वढिरहदा वडा नम्बर २० को भलाम मौजा क्षेत्रमा अपरिचत ब्याक्तिहरु सवारी साधनमार्फत आवतजावत गर्ने क्रम वढेपछि स्थानियहरुले वडामा गुनासो गरेपछि वडाअध्यक्ष सिम गुरुङले स्थानिय युवा क्लवहरु संग समन्वय गरी आफ्नो वडाभित्र अनावश्यक रुपमा सवारी र अपरिचित ब्याक्तिहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन ।

मुलुकभर पूर्ण रुपमा लकडाउन भइरहदा वडा नम्बर २० मा अनावश्यक रुपमा अपरिचित ब्याक्तिहरु विभिन्न सवारीमा आवतजावत हुने क्रम वढेको भन्ने गुनासो स्थानियले गरेपछि आफुले स्थानिय युवा क्लवहरुसंग समन्वय गरी भोलीदेखी वडा नम्बर २० को कुनैपनि ठाउमा अत्यावश्यक बाहेकका सवारी साधनलाई पूर्ण रुपमा रोक लगाउने वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

वडा नम्बर २० भित्रिने पोखराको मणिपाल, रयालेचौर, मौजा, विसौना लगायतको सडक तथा पैदल यात्रा गर्ने सडकहरुमा अपरिचित ब्याक्ति र अनावश्यक रुपमा हिड्ने सवारीहरुलाई पूर्ण रुपमा रोक लगाउनका लागी वडाका प्रतिनिधी, स्थानिय टोल बिकास संस्था, आमा समुह र क्लवहरु लागी परेको समेत अध्यक्ष गुरुङले वताए ।

वडाका प्रतिनिधी र स्थानिय युवाक्लव र स्थानियहरुको भेलाले वडा नम्बर २० अन्तर्गत पर्ने सम्पूर्ण ठाउमा स्थानियहरु पनि अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, समुहमा नवस्ने, कोही कसैलाई ज्वरो आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगी चेकजांच गर्न समेत आग्रह गरेको छ । सवैको भेलाले किराना पसलहरुमा सामान किन्दा एक मिटर भन्दा वढी दुरी कायम गरी समेत सामान खरिद बिक्री गर्न समेत आग्रह गरेको छ ।

त्यसैगरी तेश्रो मुलुक र भारतबाट घर फर्केका हरुको अभिलेख राखी त्यस्तो भेटिएमा पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा जानकारी दिइ उनीहरुलाई चेकजांचको ब्यवस्था मिलाउने समेत वडाले जनाएको छ ।

कमेन्टहरु
Loading...