पोखरा महानगरपालिका १२ मा विदेशबाट आएका १९ जना घरमै क्वारेन्टाइनमा

पोखरा १७ चैत / पोखरा महानगरपालिका वडा नम्बर १२ मा विदेशबाट आएका १९ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन् ।

विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक संकलन गरी उनिहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको र सो को अनुगमन गरिएको वडा सदस्य विष्णु विकले जानकारी दिइन् ।

वडा सदस्य विकका अनुसार बिदेश बाट वडामा आएका नागरीकहरुको घर घरमा गई उनीहरुको स्वास्थ्यस्थिति बुझी होम क्वारेन्टाइन मै रहन सुझाव दिइएकोे र विदेश वाट आउने नागरीकहरुको घरमा पहेँलो रङ लगाइ पहिचान गरिएको छ । सो को विवरण वडा समिति १२ ले दैनिक रूपमा जानकारी लिएको बताइन् ।

उनले सचेतनाका लागि घरदैलो, माइकिङ र विभिन्न संचारमाध्यमबाट सन्देश प्रसारण गरिएको उल्लेख गर्दै, विषम परिस्थितिमा राज्य र महानगरले जारी गरेका निर्देशन पालना गर्न वडाबासीलाई आग्रह गरीएको उनले बताइन ।

पोखरा महानगरपालिका १२ ले भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्केको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन वडाका विभिन्न स्थानहरुमा किटनासक विषादी छरीएको हो ।

विकका अनुसार वडा कार्यालय मार्फत् टोल विकास संस्था, टोल सुधार समिति, असहाय, अति विपिन्न, दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरहरुको नामावली संकलन गर्न लागिएको र विवरण संकलनमा सहयोग र सहजीकरण गरिदिन समेत अनुरोध गरिएको छ ।

अति विपन्न र ज्यालादारी मजदुरलाई परिचल खुल्ने एउटा कागजपत्रको आधारमा राहत वितरण गरिने बताइन् । आफ्नो वडा बासीलाई यो माहमारीबाट बचाउन आफुहरु अवरात्र खटी रहेको सदस्य विकले बताइन् ।

कमेन्टहरु
Loading...