पोखराको कोरोना अस्पतालमा एक जनाको मृत्यु

पोखरा, १९ जेठ/ पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा आइतबार एक जनाको मृत्यु भएको छ ।

पोखराको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की हुन् ।

२ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो आएपछि उनी उपचारका लागि पोखरा आएका थिए ।

क्वारेन्टिन बसेर घर फर्किने क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

उपचारका क्रममा कार्कीको मृत्यु भएपछि अस्पताल प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य प्रतिष्ठानकाको प्रयोगशालामा पठाएको छ ।

मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

कमेन्टहरु
Loading...