पोखरा महानगर २७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो निर्माण

पोखरा, १९ असार /पोखरा महानगरपालिका वडा नम्बर २७ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चन्द्रकालिका मन्दिर पुग्ने सिढी बाटो निर्माण गरेको छ । कार्यक्रम अन्र्तगत पाँच लाख रुपैया बजेटले मन्दिर सम्म पुग्ने सिढी निर्माण गरेको हो ।

दैनिक १५ जना स्थानीयले सिढी निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट काम गरिहेको वडाअध्यक्ष पुर्णकुमार गुरुङ्गले जानकारी दिए । करिव १ सय ६५ मिटर लामो सिढी निर्माणको कामअन्तिम चरणमा पुगेको समेत उनले बताए । मन्दिर पुग्नको लागि बाटो थिएन वडाध्यक्ष गुरुङ्गले भने—“सिढी निर्माण पछि अहिले सहजहुँदैछ, प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट पनि सही ठाउँमा सदुपयोग भएको छ ।”

वडाअध्यक्ष गुरुङ्गले अन्यत्र जस्तो देखावटी र बजेट सक्ने नाउँमा घाँस काट्ने नाली सोर्ने जस्तो कामनभई उदाहरणिय कामगरिएको उल्लेख गरे । प्रधानमन्त्री रोजगारकार्यक्रमअन्र्तग फाराम भरेका सहित स्थानीयलाई दैनिक काममा लगाइएको गुरुङ्गले जानकारी दिए ।

सवारी साधन रोकिने स्थान देखी माथि पिकनिक स्पोट र मन्दिर सम्म पुग्नको लागि अप्ठ्यारो गोरेटो बाटो रहेकोमा त्यसलाई विस्थापित गरी सिढी निर्माण गरिएको वडा नम्बर २७ का इञ्जिनियर रविचन्द्र घिमिरेले बताए ।

पोखरा महानगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सिढी निर्माणको काम नै उत्कृष्ट रहेको समेत वडाध्यक्ष गुरुङ्गको दावी छ । उनले अहिले स्थानीय सामाग्री प्रयोग गरेर निर्माण गरिएको सिढीलाई थप बजेटको व्यवस्था गरी सिमेन्टेड गर्ने सोच बनाएका छौं, वडाध्यक्ष गुरुङ्गले भने —“त्यस पछि पिकनिक स्पोट र मन्दिर जानअझ सहजहुने छ ।”

वडा नं. २७ मा रहेको चन्द्रकालिका मन्दिरबाट पोखरा उपत्यका, निर्माणधिन पोखरा क्षेत्रियअन्तराष्ट्रिय विमानस्थल, पोखराको फेवा सहित बेगनास, दिपाङ, मैदी, खास्टे, गुँदे र न्यूरेनीतालसमेत स्पष्ट देख्न सकिने अध्यक्ष गुरुङ्गले बताए ।

मनोरम हिमश्रृृखंला र ताल तलैया तथा पोखरा उपत्यकाको दृश्या बलोकन गर्न सकिने भएकाले मन्दिर देखी केही तल पिकनिक स्पोट तयार गरी संचालनमा ल्याइएको वडा सचिव लिलामणि भण्डारीले बताए ।

पर्यटकीय गन्तव्यका रुपमाविकास गर्न चन्द्रकालिकाभ्यू टावर निर्माण गर्ने र सो क्षेत्रवरीपरि फ्रिवाइफाईको व्यवस्थामिलाउनकालागिमहानगरमापहल भैरहेको समेत अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...