पोखरा, १६ चैत / कोरोना परीक्षण गर्ने पिसिआर मेसिन संघिय सरकारले अरु प्रदेशलाई दिने निर्णय गरे पनि गण्डकी प्रदेशलाई भने दिने निर्णय गरेको छैन ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश २, ५ कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशलाई दिने पिसआरु मेसिन दिने निर्णय गरे पनि गण्डकी प्रदेशलाई दिने निर्णय गरेको छैन ।
प्रदेशका १ स्थापन भइसकेको र बागमती प्रदेश र केन्द्र सरकार भएक ठाउँ पर्दा गण्डकी प्रदेशले भने मेसिन पाएन । पत्रकार सम्मेलन मार्फत समितिको निर्णय सुनाउदै प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले अन्य पाउने बताउदै गण्डकी प्रदेशका बारे केही पनि बताएनन् ।
कोरोना परीक्षण गर्ने पिसिआर मेसिन नहुदाँ गण्डकी प्रदेशबाट अहिले काठमाडौं पठाउने गरिएको छ ।
बैठकले नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको छ ।
तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । त्यसै गरी सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म पु¥याएको छ ।
कोरोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिको बैठकको निर्णय
Posted by Sabin Dhamala on Sunday, March 29, 2020