पोखरा कलेज अफ म्यानेजमेन्टमा डेमो पत्रकार सम्मेलन

पोखरा, ३ भदौ / पोखरा कलेज अफ म्यानेजमेन्टरका आठौं सेमेस्टर दिवा सत्रका विद्यार्थीले डेमो पत्रकार सम्मेलन गरेका छन् ।

जनता र मिडिया सम्बन्ध बिषयमा पत्रकार सम्मेलन गरे उनीहरुले प्रयोगात्मक प्रयास गरे । विद्यार्थीहरुले कलेजले शैक्षिक भ्रमण लैजान लागेको थाइल्याड भ्रमणका विषयमा पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

विद्यार्थीहरु आयोजक, वत्ता, अवलोकनतकर्ता र पत्रकार गरी चार समुहमा विभाजन गरे कार्यक्रम भएको थियो । विभाजित समुहमा सबैलाई जिम्मेवारी प्रदान गरिएको थियो । सम्मेलन वक्ता समुहले प्रेस विज्ञप्ति वितरण र बाचन गरे पछि पत्रकारहरुमा प्रश्न उत्तर गर्ने अवसर प्रदान गरिएको थियो ।

पत्रकारहरुले सोधेका प्रश्नको उत्तर वक्ताहरुले दिएका थिए । अवलोकन गर्न र अन्तिमा प्रतिबेदन बुझाउने जिम्मेवारी दिएको थियो । आयोजक समुहले अतिथि एवंम पत्रकारलाई निमन्त्रणा गर्ने हल व्यवस्थापन स्वागत एवम् कार्यक्रमलाई सहजिकरण गरेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा कलेजका प्राचार्य डा चैतन्यराज अधिकारी सह प्राचार्य लिना श्रेष्ठ नेगि, विषय शिक्षक सुभाष पौडेल, थाइल्याड जादा लाग्ने खर्च, घुम्ने स्थान, विश्वविद्यालयमा हुने गोष्ठि, औद्योगिक क्षेत्र भ्रमण लगाएतका विषयमा प्रस्टपारेका थिए ।

कमेन्टहरु
Loading...