पाउँदुर शिवालय महायज्ञ धमा धम दान संकलन

पोखरा, १८ माघ /अन्नपूर्ण गाउँपालिकाको पाउँदुर शिवालयमा शनिवार सकिदै गरेको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत शुक्रबारसम्म कुल ९५ लाख ५७ हजार २ सय ४३ दान सकंलन भएको छ ।

जसमध्ये शुक्रवार मात्रै रु.२२ लाख ११ हजार ५ सय ३१ संकलन भएकोमा हालसम्मकै सबैभन्दा बढी डहरमुनी बल्लवका परिवारले एकमुष्ट रु.५ लाख ५५ हजार ५ सय ५५ दान गरेका छन् ।त्यस्तै शुक्रवारसम्म ७० मुरी धान तथा करिव २० मुरी चामल पनि संकलन भएको छ।

नौं दिनसम्म चल्ने महायज्ञमा त्यहाँका वासीन्दा खुलेर लागेको देखिन्छ ।उनीहरुले गक्ष अनुसारको दान समेत गरेका छन् । दिनरात नभनी उनीहरु यज्ञ सफल पार्न लागि परे।यज्ञमा हालको अन्नपूर्ण गाउँपालिका ३, २ र १ वडा (साविक ढिकुरपोखरी गाविस) वासीको उल्लेख्य उपस्थिती रहयो।

शुक्रवार यज्ञलाई सम्बोधन गर्दै पुर्व सांसद शारदा पौडेलले धर्मकर्ममा नेपालीले विश्वास गर्ने बताइन्।बच्चालाई असल संस्कार दिनुपर्ने औँल्याउँदै पुर्व सांसद पौडेलले यज्ञ गरिएको ठाउँ ऋषिमुनीको तपोभुमि हुने धारणा राखिन्।कार्यक्रममा श्रेष्ठ दानदाता परिवारको तर्फबाट डहरमुनी बल्लव परिवारका सदस्य तत्कालिन जिविस सभापति पुण्यप्रसाद पौडेलले पनि भनाई राखेका थिए ।

यज्ञमा तीर्थराज पौडेल, देवका पहारी पौडेल, भेषराज पौडेल र सीता पौडेलले मुल कर्ताको भुमिका निभाएका छन् ।त्यस्तै वासुदेव पौडेल उपवाचक, ज्यो.प अमृत ढुङगाना गणेश, प.पुण्यप्रसाद सुवेदी यज्ञ आचार्य तथा रुद्रीतर्फ प.शिव पौडेल र हवनमा कृष्ण पौडेलले साथ दिइरहेका छन्।

शनिवार एक समारोहका बीच गाउँपालिका अध्यक्ष युवराज कुँवरको प्रमुख आतित्थतामा कार्यक्रम गरी यज्ञ सक्ने तयारी छ।जस पुर्व थप दानदातालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

कमेन्टहरु
Loading...