पश्चिमाञ्चलमा नवआगन्तुकलाई स्वागत

पोखरा, असार ३०/पश्चिमाञ्चल उच्चमाविमा नवआगन्तुक विद्यार्थीलाई विहीबार एक कार्यक्रमबीच स्वागत गरिएको छ । गैह्रापाटनस्थित उच्चमाविमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई १२ कक्षाका विद्यार्थीले स्वागत गरेका हुन् ।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो । त्यसअवसरमा कक्षा १२ का विद्यार्थीले नव आगन्तुकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए । सांगितिक कार्यक्रम मार्फत १२ कक्षाका विद्यार्थीले नवआगन्तुकलाई स्वागत गरिएको थियो ।

त्यस अवसरमा बोल्दै पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले नवआगन्तुकलाई मेहनत गरेर अध्ययन गर्नका लागि आग्रह गरे । पश्चिमाञ्चलका विद्यार्थीले विभिन्न क्षेत्रमा अग्रणिस्थान हासिल गरेकोले नयाँ विद्यार्थीले पनि त्यसै अनुसार मेहनत गर्न अनुरोध गरेका थिए ।

उच्चमाविका प्राचार्य ताराबहादुर घिमिरेले नवआगन्तुक विद्यार्थी अबको २ वर्ष पश्चिमाञ्चालको परिवारको रुपमा रहने बताए । ‘अबको दुईवर्ष हामी एकैपरिवार भएर रहनेछौं । त्यसैले मेहनत गरेर अध्ययन गरेर पश्चिमाञ्चलको नाम अझै उच्च बनाउनुपर्छ,’ उनले भने ।  उच्चमाविका एकेडेमिक डिन अमृतकुमार भण्डारीले विद्यार्थीको चाहना र रुचीलाइ कुनैपनि तरिकाले पुरा गर्न सबै प्राध्यापकहरु लागिपर्ने बताए । ‘हामी कुनैपनि शिक्षकले विद्यार्थीको चाहनालाई पुरा गर्न कसर बाकि राख्ने छैनौं ।

त्यसमा विद्यार्थीको सक्रियता मात्र आवश्यक छ,’ उनले भने । प्रोग्राम इन्चार्ज यादव गिरीले मेहनतले नै सफलता हासिल गर्ने भएकोले पश्चिमाञ्चलको गरिमा जोगाइराख्न विद्यार्थीको लगाव आवश्यक रहेको बताए । करिब डेडदशकदेखि संचालित उच्चमाविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुन्छ । उच्चमाविकी सहायक प्रिन्सिपल मिनु कुवरले विद्यार्थीको उज्जवल भविश्यको कामना गर्दै कार्यक्रम संचालन गरेकि थिइन ।

कमेन्टहरु
Loading...