पामे, ठुलाखेत, घाँटीछिना सडक र अन्य दुई योजनामा योजना आयोगले बजेट थप्ने

पोखरा, ३ पुस / पोखरा महानगरपालिका र राष्ट्रिय योजना आयोगको समपूरक साझेदारी अन्तर्गत ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो ।

साझेदारीमा पोखरा महानगर २० मा मनिपाल ¥यालेचौर भलाम सडक खण्डमा १ करोड २० लाख महानगर र त्यत्तिनै रकम योजना आयोगले साझेदरी गरी काम अगाडि बढाइने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

त्यसैगरी बैदाम, पामे, ठुलाखेत घाँटीछिना सडक खण्डमा महानगर र योजना आयोगले १ करोड ६० लाख दरले, विजयपुर—कालिका—माझठाना बेगनास सडकमा दुबै संस्थाको गरी ४ करोड यस आर्थिक लगानी हुनेछ । यी तीन वटै आयोजनाहरु ३ वर्षीय आयोजना अन्तर्गत महानगर पालिकाले गत आर्थिक वर्षदेखि अगाडि बढाएको हो ।

यसैगरी राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत १ करोडको लागतमा सराङकोट खानेपानी आयोजना, ८० लाखको लागतमा पोखरा २८ गहुँकाट्ने, गोतेनबारी जौबारी लिफ्टिङ खानेपानी आयोजना, २ करोडको लगानीमा पोखरा ११ काहुँ खानेपानी आयोजना, १ करोडको लगानीमा सडक बालबालिका पुनस्र्थापना केन्द्रको काम समेत अगाडि बढाउन बजेट विनियोजन भएको जिसीले बताए ।

कमेन्टहरु
Loading...