गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन

पोखरा, ३ माघ / गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन ।

उनका रक्तचापमा समस्या देखी पछि एक दिन अस्पतालको आसियुमा राखीको थियो भने अको दिन जनरल बेडमा ल्याएको उनका आफ्न्तले जानकारी दिए ।

हिजो जनरल बेडमा ल्याएकोमा राती निधन भएको आफ्न्तले जनाए । उनको चार बर्षको छोरा छ । दुई वर्ष अगाडी सम्म उनका श्रीमान् तेजेन्द्र गुरुङ र उनी पोखरा मै बस्दै आएका थिए भन अहिले भने काठमाडौंमा बस्दै आएका थिए ।

उनका श्रीमान् संगीतकार, एरेन्जर हुन् । पवित्रा गुरुङ पोखरा हुदाँ रेडियो बाराहीमा सञ्चारकर्मी भएर काम गरेकी थिइन् भने विभिन्न गीतमा स्वर दिएकी छन् । उनलाई सामाजीक सञ्जालमा धेरैले समबेदना दिएका छन् ।

कमेन्टहरु
Loading...