पोखरामा काम गर्दा गर्दै ढलेपछि मृत्यु

पोखरा, १२ जेठ / पोखरा महानगरपालिका १८ सेदी स्थित निर्माणाधिन एक अपार्टमेण्टमा काम गर्ने एक जनाको मृत्यु भएको छ ।

कञ्चनपुर पुनर्बास नगरपालिका २ घर भएको अन्दाजी वर्ष ४५ को पदम लामा काम गर्ने क्रममा अचानक ढली मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोली तत्कालै खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ । मृतको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा रहेको छ ।

त्यसै गरि केही दिन अगाडी सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवाको शव फेला परेको छ । गोरखा आरुघाट घर भई हाल पोखरा महानगरपालिका १६ दिप बस्ने २४ बर्षिय अमृत थापा मगरको शव सेती नदीको फेला परेको हो ।

२०७६ साल चैत २८ सेति नदिको खोँचमा बेपत्ता भएका थिए । ३ जना साथी मिलेर माछा मार्ने र पौडी खेल्ने क्रममा हराएका थिए ।

कमेन्टहरु
Loading...