युवा उद्यमीले बनाए वैदाम वडा प्रहरी कार्यालयमा सेनिटाइज्ड टनेल

पोखरा, १२ वैशाख / वडा प्रहरी कार्यालय पोखरा वैदाममा सेनिटाइज्ड टनेल निर्माण गरिएको छ । नेपाली युवा उद्यमी मञ्च पोखराले टनेल निर्माण गरी शुक्रबार वडा प्रहरी कार्यालय वैदामलाई हस्तान्तरण गरेको हो ।

कोरोनाको जोखिमलाई मध्यनजर गरी मञ्चले प्रहरी कार्यालय अगाडि टनेल निर्माण गरेको अध्यक्ष पुनित वैद्यले जानकारी दिए । कोरोना संक्रमण न्युनीकणको अभियानमा फ्रन्टलाइनमा काम गर्ने नेपाल प्रहरीको कार्यालय अगाडि टनेल निर्माण गर्न पाउँदा खुसी लागेको उनले बताए ।

मञ्चकै सदस्य सरोज कायस्थले टनेल निर्माण गरेका हुन् । अब सो टनेलमा सेनिटाइज भएपनि मात्र वडा प्रहरी कार्यालय प्रवेश गर्न पाइने वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए । टनेल निर्माण गरेकोमा उनले मञ्चलाई धन्यवाद ज्ञापन गरे ।

‘युवा व्यवसायीको यो कार्यले प्रहरीलाई जोखिम कम भएको छ,’ उनले भने, ‘काम गर्न हौसला पनि मिल्नेछ ।’ कार्यक्रमको सहजीकरण मञ्चका प्रोग्राम चियर पर्सन निरन केसीले गरेका थिए । आफूहरु अन्य समयमा पनि युवाको भुमिका निर्वाह गर्न सधैं अगाडि रहने उनले बताए ।

कमेन्टहरु
Loading...