शेष घलेले अष्ट्रेलियामा ५० तल्ले होटल र अपार्टमेन्ट बनाउने

पोखरा, १ पौष/गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको लगानीमा अष्ट्रेलियाको मेलवर्नमा ५० तल्ले होटल र अपार्टमेन्ट निर्माण गर्ने भएका छन् । मेलवर्नको मुख्य पर्यटकीय गन्तब्य क्वीन भिक्टोरिया मार्केटसँगै घलेको कम्पनी एमआईटी ग्रुपले एउटा ५० तल्ले र अर्को ३० तल्ले गरी दुईवटा टावर बनाउन प्रस्ताव गरेको छ ।

new-tower-by-MIT-Queen-victoria- market shesh ghale (2)भिक्टोरिया राज्य सरकारले हालै यो बजारलाई स्तरउन्नती गर्ने योजना अघि सारेपछि त्यसको अंगका रुपमा घलेको एमआईटीले अपार्टमेन्ट र होटल निर्माण गर्ने प्रताव गरेको हो । एमआईटी ग्रुप होल्डिङकी प्रबन्ध निर्देशक जमुना गुरुङले भिक्टोरिया मार्केटसँगै बहुउपयोगी कम्प्लेक्स निर्माण गर्न लागिएको बताउनुभयो । ‘

सुरुका तल्लाहरुमा सपिङ सेन्टर रहनेछ, माथि बुटिक होटल र सर्भिस अपार्टमेन्टको प्रस्ताव गरेका छौं’ घलले भन्नुभयो । यहाँ स्थापना गर्न लागिएको होटल पाँचतारेकै स्तरको ‘बुटिक होटल’ हुने उहाँले जानकारी दिनुभयो ।
परियोजनाका आर्किटेक्ट डिजाइनर कालम फ्रसरका अनुसार दुवै भवनमा २१० कोठाको होटल र ६०९ युनिट अपार्टमेन्ट हुनेछन् । जसमध्ये २१९ युनिट एक बेडरुम, २७३ दुई बेडरुम र १३ वटा तीन बेडरुमसहितका हुनेछन् । cp.new-tower-by-MIT-Queen-victoria- market shesh ghale (1)

प्रस्तावित ब्यापारिक भवनमा २७९ पब्लिक कार पार्किङ, २७२ वटा बाइक पार्किङ, जिम र स्वीमिङ पुल पनि रहने छ । पाँचतारे होटलका लागि अमेरिकाको एस होटल ग्रुपसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । एमआईटीले चार बर्षअघि नै भवन बनाउने जग्गा किनिसकेको थियो ।

मेलवर्नका स्थानीय संचारमाध्यमहरुले यो परियोजना निर्माण सम्पन्न गर्न २५ करोड अष्ट्रेलियन डलर ९झण्डै २२ अर्ब नेपाली रुपैयाँ० खर्च हुने बताएका छन् । शेष घले र उहाँकी धर्मपत्नी जमुना गुरुङ दुवैजना अष्ट्रेलियाका सर्वाधिक धनी २०० जनाको सूचीमा हुनुहुन्छ ।

कमेन्टहरु
Loading...