नेपाल आयल निगम पोखरामा देवी पाञ्चायनको मन्दिर स्थापना

पोखरा, ६ माघ / नेपाल आयल निगमको गण्डकी प्रदेश कार्यालय पोखरामा निमार्ण भएको देवी पाञ्चायन मन्दिरको उद्घाटन भएको छ ।

वैदिक विधिबाट पुजा पाठ गरेर मन्दिरको निगम सञ्चालक समितिका सदस्य देवीप्रसाद न्यौपान र निगम गण्डकी प्रदेश प्रमुख विनि श्रेष्ठले उद्घाटन गरे ।

कार्यक्रममा न्यौपानले निगमले सामाजिक उत्तरदायित्व अन्तरगत विगत लामा सयम देखी काम गर्दै आएको बताए । उनले पशुपतिनाथमा फोहोर उठाउने, धर्मशाला निमार्णमा सहयोग लगाएतका काम गरेको बताए ।

नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख विनी श्रेष्ठले मन्दिर स्थापनाले कार्यालय प्रबेश गर्ने वित्तिकै देवी भगवती दुर्गा जगतजननी माताको दर्शन हुने र दिनभर सम्पादन गरिने कार्यालयका कामहरुमा सकारात्मक प्रभाव पर्ने बताइन् ।

कमेन्टहरु
Loading...