रातभर आफूसँग सगैँ बस्न नमानेपछि नेहाको हत्या (फोटो फिचर सहित)

पोखरा, २५ माघ/कास्की प्रहरीले नायिका नेहा पुन मगरको हत्यामा सम्लग्न रहेको भएको एक जनालाई पक्राउ गरेको छ । पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्कीलाई पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा र्पुयाउने क्रममा २ जनाबीच भनाभन हुदाँ हेल्मेटले हानेर नेहाको हत्या गरेको एसपी हरिबहादुर पालले जानकारी दिए ।

घटना भएको दिन गत सोमबार राती दुवै जना न्युरोडमा नै रहेको एक रेष्टुरेन्टमा बसेर खाना खाएका थिए । त्यही उनीहरुले मादक पदार्थ पनि सेवन गरेको प्रहरीले जनाएको छ । नेहालाई घर छाड्न जाने बेला सतिशले लेकसाइड जान आग्रह गरेका थिए । नेहा जान नमानेपछि नेहालार्ई बाइकमा पछाडि राखेर लगेका थिए ।

प्रहरी अनुन्धानका क्रममा बाटोमा नेहा र सतिशबीच विवाद भएको देखिएको छ । सतिशले रातभर आफूसँग सगै बस्न भनेपछि नेहाले नमानेपछि घटना भएको प्रहरीले जनाएको छ । सो क्रममा नेहाले पनि आफूलार्ई अपशब्द बोलेको र आवेगमा आएर हेल्मेटले उनको टाउकोमा हानेको सतिशले प्रहरीसमक्ष बयान दिएका छन् ।

हेल्मेटले टाउकोमा हान्नुअघि सतिशले नेहालाई लछारपछार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सडक छेउमा लडेकी नेहाको टाउकोबाट रगत देखेपछि सतिश भागेका थिए। नेहाको कल डिटेलका आधारमा सतिश पक्राउ परेका हुन् । घटना भएको दिन अबेरसम्म सतिशको मोबाइलको टावर घटनास्थलमा नै देखिएको थियो ।

कमेन्टहरु
Loading...