पोखरामा एनसेलको टावरमा आगजनी

पोखरा, १६ चैत /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ लामागाउँ रहेको एनसेलको टावरमा आगलागि भएको छ ।

बिहीबार रात टावरमा अज्ञात ब्यक्तिहरुले आगजनी गर्दा उक्त टावरमा रहेको जेनेरेटर तथा फोनको सिस्टम सम्बन्धी मेसिनरीको सामान जली क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

आगोलागि गर्ने व्यक्तिको बारेमा खोली भई रहेको प्रहरीले जानकारी दिएको छ । टावरमा क्षेति पुगेपछि केही स्थानमा एनसेलको मोवाइलमा सेवामा समेत अप्ठेरो परेको कम्पनीले जनाएको छ ।

कमेन्टहरु
Loading...