सन् २८८० मा पृथ्वीमा प्रलय- नासा

बेला बेलामा भविष्यवाणी गरेर पृथ्वी ध्वस्त हुने कुरा नआएका हैनन् । तर ति भविष्यवाणीले कुनै मेल भने खाएको छैन । त्यसैले पृथ्वी ध्वस्त हुने भन्ने भविष्यवाणीलाई मानिसहरुले पत्याउन छाडेका छन् । तर पछिल्लो पटक भने पृथ्वी ध्वस्त हुने बारेको वैज्ञानिक भविष्यवाणी नै र्सार्वजनिक गरेका छन् । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा ठूलो प्रलय हुने खतरा छ । उसका अनुसार उक्त दिन १९५० डीए नामको क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने खतरा छ ।nasa

झण्डै एक माइल ब्यास भएको उक्त क्षुद्रग्रह १५ किलोमिटर प्रति सेकेण्डको बेगमा पृथ्वीतर्फआइरहेको छ । सोही गति तथा दिशा कायम रहेमा यो क्षुद्रग्रह उक्त मितिमा पृथ्वीसँग ठोक्किनेछ र त्यस क्रममा ४४ हजार ८ सय मेगाटन टिएनटी नामक विस्फोटक पदार्थ विस्फोटन हुँदा जत्तिकै उर्जा उत्पन्न हुनेछ ।

नासका अनुसार यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने र क्षति पूराउने खतरा ०।३ प्रतिशत मात्र छ । तथापि यसको यो खतराको अनुपात यसअघिका क्षुद्रग्रहको खतरा भन्दा ५० प्रतिशत बढि हो । क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदा ६ करोड ५० लाख वर्षपहिले पृथ्वीबाट डाइनोसर लोप भएको थियो ।

कमेन्टहरु
Loading...