नर्सिङ संघ कास्कीको भवन निर्माण सहयोगार्थ सास्कृतिक कार्यक्रम हुने

पोखरा ५ साउन/नेपाल नर्सिङ संघ कास्कीको भवन निर्माण सहयोगार्थ पोखरामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । पोखरा ११ फुलवारीमा रहेको नर्सिङ संघको जग्गामा संघको भवन निर्माणका लागी आउदो शनिवार पोखरा सभागृहमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हो । संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी भवन निर्माण सहयोगार्थ विविध सास्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो ।

नर्सिङ संघ कास्कीको भवन निर्माण सहयोगार्थ सास्कृतिक कार्यक्रम हुने
नर्सिङ संघ कास्कीको भवन निर्माण सहयोगार्थ सास्कृतिक कार्यक्रम हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै नेपाल नर्सिङ संघ कास्कीका सचिव मुना सिलवालले पोखरामा लामो समयदेखि नर्सिङ पेशामा आवद्ध रहेका नर्सहरुको संस्थाको भवन निर्माण हुन नसकेको सन्दर्भमा आफुहरुको कार्यकालमा पहिलो चरण अन्तर्गत भवन निर्माणका लागी विविध सास्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको वताइन । आगामी शनिवार पोखरा सभागृहमा हुने सांस्कृतिक कार्यक्रममा पोखरामा रहेका १० वटा नर्सिङ क्याम्पसका विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम हुनेछ ।

त्यसको साथै ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारहरु लोकदोहोरी तर्फ प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, जीवन दाहाल, प्रीती आले, सरला पाण्डे, काजल गुरुङ, सुगम संगीत तर्फ हेमन्त शर्मा, र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा तीन हजार दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको छ । पोखरा सभागृहमा श्रावण ८ गते हुने कार्यक्रमलाई दुई शत्रमा सञ्चालन हुने छ । पहिलो शत्र बिहान ११ बजे देखि २ बजे सम्म र दोश्रो शत्र दिउसो ३ बजेदेखि सांझ ६ बजे सम्म हुने छ । कार्यक्रम अवलोकन गर्नका लागी १ हजार, ५ सय, तीन सय, २ सय र १ सयको टिकट रहेको छ । कार्यक्रमबाट करिब ९ लाख रुपैया आम्दानी गर्ने लक्ष्य रहेको छ । जसमा ३ लाख ५० हजार खर्च लाग्ने र ५ लाख ५० हजार बचत हुने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...