निर्वाचनका लागि सामग्री बोकेर निर्वाचन स्थल जादै कर्मचारी

सागर राज तिमिल्सिना
पोखरा, २७ वैशाख/स्थानीय तहको निर्वाचनको लागि कास्कीका अधिकांश मतदान स्थलमा आवश्यक सामग्री बोकेर कर्मचारी पुगेका छन् । निर्वाचनका लागि आवश्यक मतपत्र, पत्रपेटिका, स्वस्तीक छाप, मसि अनुसूची फारम सहित विभिन्न ६५ प्रकारकासामग्री बोकेर कर्मचारीहरु मतदानस्थल पुगेका हुन् । एक हजार सात सय २३ जना कर्मचारी जिल्लाका पाँच स्थानीय तहमा खटिएको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले जनाएको छ ।

कर्मचारीहरु अधिकांश मतदान स्थलमा पुगेका र सर्वदलीय बैठक आह्वान गरी बिहीबारदेखि निर्वाचनको अघिल्लो दिनसम्म मतदाता परिचय पत्र वितरण गर्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सवेदीले जानकारी दिए । उनका अनुसार पाँच सय बढी मतदाता रहेको मतदान केन्द्रमा छ जना र सो भन्दा कम मतदाता रहेका केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटिएका हुन् । जिल्लाका चार गाउँपालिकाका अधिकांश केन्द्रमा कर्मचारीले नियुक्तिसहित निर्वाचन सामग्री बोकेर मतदान स्थल पुगिसकेका छन् ।

निर्वाचनका लागि सामग्री बोकेर निर्वाचन स्थल जादै कर्मचारी
निर्वाचनका लागि सामग्री बोकेर निर्वाचन स्थल जादै कर्मचारी

पाँच सयभन्दा बढी मतदाता रहेका केन्द्रमा १ मतदान अधिकृत, २ सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र दुई सहयोगी कर्मचारी खटिएका छन् । कास्कीमा एक सय ५० वटा मतदान स्थलमध्ये दुई सय ८८ मतदान केन्द्र कायम छन् । सबैभन्दा बढी पोखरा महानगरपालिकामा ९८ वटा मतदान स्थलमध्ये २ सय १० मतदान केन्द्र छन् ।

यस्तै, अन्नपूर्णमा १५ स्थलमध्ये २१ मतदान केन्द्र, माछापुच्छे«मा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमध्ये १५ मतदान केन्द्र कायम गरिएको छ । जसअनुसार पोखरा महानगरपालिकामा एक हजार दुई सय ५८, मादीमा एक सय २३, अन्नपूर्णमा एक सय २६, माछापुच्छे«मा एक सय २६ र रुपा गाउँपालिकामा ९० कर्मचारी खटिएका हुन् । जिल्लाका पाँच तहमा कुल ७२ वटा वडाबाट ३१ वैशाखको निर्वाचनमा तीन सय ७० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । पछि दलित र अल्पसंख्यक गरी ११ जना मनोनीत भई प्रतिनिधि कुल सख्या तीन सय ८१ पुग्नेछ ।

महानगरमा १ प्रमुख, १ उपप्रमुख, ४ गाउँपालिकामा ४ अध्यक्ष र ४ उपाध्यक्ष, महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १ सय ४४ वडा सदस्य, ७२ महिला सदस्य र ७२ दलित महिला सदस्य निर्वाचित हुनेछन् । पोखरा लेखनाथ महानगरपालिकामा एक सय ७० जना, मादीमा ६४, अन्नपूर्णमा ५९, माछापुच्छ्र«ेमा ४९ र रुपा गाउँपालिकामा ३९ जना जनप्रतिनिधि निर्वाचत हुनेछन् । जिल्लामा मतदाताको संख्या दुई लाख २४ हजार आठ सय ११ छ । यो संख्या दोस्रो संविधानसभा निर्वाचनको तुलनामा करिब २० हजारले बढी हो ।

कमेन्टहरु
Loading...