भूमि समाधिको पुर्व सन्ध्यामा पोखरामा ध्वजारोहण ¥याली

पोखरा, २५ चैत /रामनवमी पर्वको अवसर पारेर पोखरामा आयोजना हुने भूमि समाधिको पुर्व सन्ध्यामा ध्वजारोहण ¥याली सम्पन्न भएको छ । पोखरा नदिपुरमा नारायणस्थान मन्दिर पोखराबाट सुरु भएको विभिन्न ठाउँमा परिक्रमा गर्दै ध्वजारोहण ¥याली लक्ष्मीनारायण मन्दिर रामघाटमा पुगेको थियो ।

भूमि समाधिको पुर्व सन्ध्यामा पोखरामा ध्वजारोहण ¥याली
भूमि समाधिको पुर्व सन्ध्यामा पोखरामा ध्वजारोहण ¥याली

¥यालीमा सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य, भक्तजनहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । कृष्णदासजी लक्ष्मीनारायण मन्दिर रामघाटमा २६ चैतदेखि ३ बैशाखसम्म ९ दिनका लागि उनी बिना अक्सिन समाधिमा लिन लाग्नु भएको छ । उनी हरेक वर्ष चैते दशै तथा बडा दसैंमा विशेष समाधि साधनामा बस्दै आएको आयोजकले जानकारी दिएका छन् ।

पहिलो पटक उनी २०६५ सालको रामनवमीमा चतरामा भूमि समाधि बस्नु भएको थियो । मंगलबार पोखरा आएका गुरुको समाधि कार्यक्रमको तयारी पूरा भएको आयोजकले जानकारी दिए । पोखराको रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा कार्यालयमा उनी समाधिमा बस्नेछन् ।

गुरुको समाधिसँगै रामार्चन यज्ञ तथा विशेष अनुष्ठान हुनेछ । पोखरा कार्यक्रमको संयोजन नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा परिवार, जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा शाखा परिवार र नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नारायणस्थान पोखराले संयुक्त रुपमा गरेका हुन् ।

कमेन्टहरु
Loading...