नमुना मगर समाज मगर नेपाल मगर संघमा दर्ता

श्याम राना
पोखरा, ११ भदौ /नमुना मगर समाज पोखरालाई सोमबार देखि आधिकारीक रुपमा ‘नेपाल मगर संघ पोखरा, १४

नमुना इकाई समिति, कास्की’ नामाकरण गरि घोषणा गरिएको छ । वडा नं. १४ चाउथेमा २ वर्ष अघि स्थापना

भएको संस्था आधाकारिक रुपमा नेपाल मगर संघ कास्कीमा दर्ता गरिएको छ । स्थानिय मगर बासिँहरुले

समाजमा आउँने समस्या मिलेर समाधान गर्ने उद्देश्यले उक्त संस्था स्थापना गरेका थिए ।

कार्यक्रम मगर संघका कास्की जिल्ला अध्यक्ष पूर्ण राना मगरले मान्छे सामाजिक प्राणी भएकाले समाज

आवश्यक रहेको बताए । ‘समाजमा रहने भएकाले एक अर्काको पुरक भएर रहनु पर्छ,’ उनले भने, ‘हामी टाढा

टाढाका जिल्लाबाट आएकाले पनि हामी एक अर्काको लागि आवश्यक छ ।’

भाषा, संस्कृति, रितिरीवाज, चालचलन लोप हुँदै गएकाले यसको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संघको

स्थापना गरिएको उनको भनाई थियो । ‘भाषा हाम्रो पहिचान हो,’ उनले भने, ‘भाषा हराए हामी हराउँछौ ।’ भाषा

लोप हुँदै जानुमा सरकारी पक्ष पनि दोषी रहेको उनले आरोप लगाए । साथै मगर भाषाबाटै पिएचडी गर्न पाउँने,

मगर भाषालाई पाठ्क्रममा समाबेश गर्न सरकारसँग जोडदार रुपमा माग उठाँई रहेको उनले जानकारी दिए ।

संघमा दर्ता भइ सकेपछि पालना गर्नुपर्ने नियम, दर्ता विधानकाबारेमा उनले प्रस्ट्याएका थिए । संघका अन्य

सदस्यले समाजको प्रगतीको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।

कमेन्टहरु
Loading...