नेकपा माओवादी विप्लपको नेपाल बन्दका कारण जनजिवन प्रभावीत

पोखरा, २२ वैशाख/आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तक माथी सरकारले गरेको धरपकड, गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै नेकपा माओवादी विप्लवले गरेको नेपाल बन्दका कारण विहान देखी नै त्यसको प्रभाव परेको छ ।

शुक्रबार सार्वजनी यातायात नचल्दा कठिनाइ भोगेका सर्वसाधारणले शनिबारको बन्दबाट अझ मारमा परेका छन् । एक ठाउँबाट अर्कोबाट जानेहरुलाई सबै भन्दा कठिनाई भएको छ । लामो तथा छोटो दुरिका सवारी साधन चल्लन सकेका छैनन् ।

विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लागएको भन्दै विप्लपले माओवादीले बन्द गरेको नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...