अभियुक्त सतिशको बहिनी भन्दै ममाथि दुव्र्यवहार भयोः स्नेहा

 

पोखरा, २९ माघ/पोखरामा माघ १८ गते राति भएको योरुना पुन नेहाको हत्याको घटनामा मुछिएका सतिश भनिने कृतन खड्गी विरुद्ध सामाजिक सञ्जालहरुमा चर्को आलोचना भईरहेको छ ।

अभियुक्त सतिशको बहिनी भन्दै ममाथि दुव्र्यवहार भयोः स्नेहा
अभियुक्त सतिशको बहिनी भन्दै ममाथि दुव्र्यवहार भयोः स्नेहा

उनको तस्विर शेयर गर्दै अश्लिल शब्दहरुले गाली गर्ने क्रममा निर्दोष परिवारमाथि पनि गाली गरिएका छन् । चार वर्षमै बाबु बितेका सतिशलाई हुर्काउने एक्ली आमाले पक्कै छोरालाई हत्यारा बनाउन चाहेका थिएनन् तर आमा जस्तो पवित्र शब्दलाई भद्धा गालीले जोडेर तिरस्कार गरिएको छ । एउटी नारीको न्यायको लागि चर्को आवाज उठाएका भन्ठान्नेहरुले आमा र उनका परिवारका दिदी बहिनी जोडेर अश्लिल गालीगलौज गर्नु भनेको हत्या भन्दा कम नहोला । शिक्षित र सभ्य ठान्नेहरुले सोच्नु जरुरी छ ।

नारी अधिकारको चर्को कुरा गरेको ठान्नेहरुले अर्को नारीको मानसिक रुपमा हत्या गरिरहेको उनीहरुले बुझ पचाए या नबुझेर गरिरहेका छन् । प्रसंग हो, अभियुक्त सतिशको बहिनी सँगको भन्दै भाईरल बनेको फोटो । आफ्नो दिदी बहिनीलाई पनि के बाँकी राखिस् होला र ? भन्दै विभिन्न पेज तथा आईडीहरुबाट निर्दोष नारीको मानसिक रुपमा हत्या गर्ने काम भईरहेको छ । र सबैभन्दा बढि केटीहरुले नै आपत्तिजनक कमेन्ट गरिरहेका छन् । केहि सभ्य व्यक्तिहरुले उनीहरुको आलोचना पनि सँगसँगै गरि रहेका छन् ।

सतिशले १५ सेप्टेम्बर २०१५ मा बहिनी भन्दै पोष्ट गरेको फोटोमा समेत केहिले आपत्तिजनक शब्द प्रयोग गरेका छन् । ति किशोरी स्नेहा मल्ल हुन् । उनी सतिशको आफ्नै बहिनी होईनन् । सतिशको साथीभाइ तथा अन्य केटीसाथीसँग पहिले राम्रो सम्बन्ध थियो । त्यसैले उनले नेहा सहित केहिलाई बहिनी नै भन्थे । स्नेहाले सामाजिक सञ्जालमा अभियुक्त सतिशसँग फोटो जोडेर नानाथरी पोष्ट आउन थालेपछि आफ्नो फेसबुक एकाउण्ट नै डिएक्टिभ गरेकी छिन् । उनले सतिश आफ्नो दाइ नभएको र आफ्नो फोटो जोडेर मनपरी शेयर नगर्न आग्रह गरेकी छन् । एउटी नारीको ज्यान लिएको रिसको नाममा अर्को नारीलाई ज्युँदै हत्या भएको महसुस हुने कुकर्म नगर्न स्नेहाले सबैसँग अनुरोध पनि गरेकी छन् ।

कमेन्टहरु
Loading...