नाट्टा पश्चिमाञ्चलको निर्वाचन आज, सञ्जय र झवी दुई प्यानलमा चुनावी मैदानमा

पोखरा, ३ फागुन / नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि २ प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार पोखरामा हुने ११ औं अधिवेसन तथा २५ औं वार्षिक साधारणसभाका लागि फरकफरक दुई प्यानलबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अध्यक्षमा सञ्जयकान्त सिग्देल र झवी अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । अध्यक्षका उम्मेदवार सञ्जयकान्त सिग्देल बर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष र झवी अधिकारी द्वितीय उपाध्यक्ष भएर काम गरिरहेका छन् ।
त्यसैगरी प्रथम उपाध्यक्षमा हरिराम अधिकारी र सुवास भण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सिग्देलको प्यानलबाट उम्मेदवार बनेका हरिराम अधिकारी बर्तमान कार्यसमितिमा महासचिव भएर काम गरिरहेका छन् भने अधिकारीको प्यानलबाट उम्मेदवार बनेका सुवास भण्डारी निबर्तमान महासचिव हुन् ।

झवी अधिकारी प्यानलबाट द्वितीय उपाध्यक्षमा नेत्रपाणि भण्डारी (बाबुराम), महासचिवमा कुलचन्द्र शर्मा, सचिवमा चेतन कार्की, कोषाध्यक्ष विश्वराज आचार्य, सहकोषाध्यक्ष नवराज भण्डारी उम्मेदवार छन् । सदस्यहरुमा शोभाकर तिवारी, सुशीला सिग्देल, खेमबहादुर नेपाली, प्रकाश सुबेदी, फणेन्द्र थापामगर उम्मेदवार छन् ।

सञ्जयकान्त सिग्देलको प्यानलबाट द्वितीय उपाध्यक्षमा किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा संगीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी, सहकोषाध्यक्षमा प्रदीप काफ्लेले प्रतिस्पर्धा गर्दैछन् । सदस्यहरुमा रत्नराज रेग्मी, संदीप श्रेष्ठ, ताराप्रसाद गौतम, सुभास पहारी र तुलबहादुर गुरुङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

१५ सदस्यीय समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने विधानमा व्यवस्था छ । नाट्टामा १ सय ८१ जना सदस्य रहेका छन् ।

कमेन्टहरु
Loading...