मुस्ताङका विद्यार्थी बिच त्रि-भाषा वक्तृत्वकला प्रतियोगिता

फागुन २३, पोखरा /हिमालपारिको जिल्ला मुस्ताङको तल्लो भेग होस या उपल्लो भेग त्यहांका मानिसहरुले प्राय आफ्नो भाषा भोट भाषा वोल्ने गर्दछन् । साना देखी ठूला मानिसहरुले दैनिक कामकाज प्रयोजनमा आफ्नै मातृभाषा भोट भाषामा वोल्ने गर्दछन् । मुस्ताङको उपल्लो क्षेत्र जुन यस्तो ठांउ हो जहां आफ्नो भाषा र लिपीलाई जोगाइराख्नका लागी जहां विद्यालयको पाठ्यक्रममा समेत एक पिरियड मातृभाषा भोट भाषाको अध्यापन गरिन्छ । त्यहांका मानिसहरुले आफ्नो मातृभाषा संगै अन्य भाषाहरु समेत अध्ययनको वेलामा सिक्ने गर्दछन् ।

त्यसरी सिकेको भाषालाई दखल बनाउन र आफ्नो भाषा संगै अग्रेजी, नेपाली लगायतका भाषाहरुमा समेत विद्यार्थीहरुलार्य दखल बनाउने उद्देश्यले विगत चार वर्षदेखी मुस्ताङ साक्य बौद्ध संघको आयोजनामा अन्तरविद्यालय स्तरीय त्रि भाषा वक्तृत्वकला तथा भोट भाषा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गदै आइरहेको छ ।

जस अनुरुप यो पटक पोखरा १८ भकुण्डेमा रहेको पाल इ वाम नाम्गेल मोनास्टिक स्कुलमा उक्त प्रतियोगिताको आयोजना गरियो । मुस्ताङमा रहेको गुम्बा स्कुल र अन्य स्कुलका बिद्यार्थी वीच एक आपसमा आपसी भाइचारा कायम गर्दै आफ्नो मातृभाषा संगै अन्य भाषामा समेत विशेष दखल पुर्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा उक्त क्षेत्रका ७ वटा विद्यालयले सहभागीता जनाए ।

मुस्ताङ जिल्लामा रहेको गुम्बा स्कुल र अन्य स्कुलबीच सुमधुर तथा मैत्री सम्बन्ध कायम गरी हरेक भाषामा आफ्नो वाक क्षमतालाई प्रस्तुत गर्दै अतिरिक्त ज्ञान र ब्याक्तित्व बिकास गर्ने उद्देश्य उक्त प्रतियोगिताको रहेको छ । कार्यक्रमको माध्यामबाट विद्यार्थीहरुलाई भविष्यमा सत्व प्राणीहरुको कल्याण गर्दै मानव समुदायमा अध्यात्मिक चेतनाको बिकास गर्न समेत सहयोग पुगोस भनी उक्त प्रतियोगिताको आयोजना गर्दै आइरहेको मुस्ताङ शाक्य बौद्ध संघका महासचिव टाक्याल लामाले वताए ।

हिमाली भेगमा रहेर नेपाली भाषा र अंग्रेजी भाषाको अध्ययन गरिरहेको भएतापनि विद्यार्थीहरुलाई आफ्नो स्कुलमा मात्र सिमित रहदा उनीहरुले त्यति राम्रो संग वोल्नेकला संगै बाहिरी रुपमा घुलमिल हुन नसक्ने भएकाले उसले आफ्नो क्षमता प्रस्फुटन गर्ने थलोको रुपमा त्रि भाषा वक्तृत्वकला प्रतियोगिताले ठूलो भुमिका खेल्ने नाम्गेल आनी गुम्बा स्कुलकी शिक्षिक कर्मा ढुल्कर गुरुङ वताउछिन् ।

हिमाली क्षेत्रको भाषा संस्कृती संगै अन्य संस्कृती भाषाको बारेमा र प्रतियोगितामा विद्यार्थीहरुले अन्य अतिरिक्त कुराहरु समेत जान्ने र बुझाउनका लागी यस्ता प्रतियोगिताले ठूलो भुमिका खेल्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट वताउछन । गुम्बा स्कुल र अन्य स्कुलको पाठ्यक्रम एकै किसिमको भएतापनि गुम्बामा भोट भाषा वोल्नेहरु वढी मात्रामा हुने अंग्रेजी र नेपालीमा त्यति दखल नभइरहेको सन्दर्भमा त्रिभाषा वक्तृत्वकला जस्तो कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो क्षमता प्रस्तुती संगै धेरै कुरा सिक्ने मौका मिल्ने विष्टको भनाइ रहेको थियो । प्रतियोगिताको पहिलो दिन भोट भाषा र अंग्रजी भाषाको वक्तृत्व कला सम्पन्न भएको छ भने शुक्रबार नेपाली भाषामा वक्तृत्व कला हुने छ भने हाजिरी जवाफ प्रतियोगिताको पनि भोलीनै फाइनल हुने छ ।

कमेन्टहरु
Loading...