मुक्तक मञ्चको ६९औं मुक्तक वाचन

पोखरा, २५ माघ /मुक्तकको उत्थानः हाम्रो अभियान भन्ने मूल नारासहित क्रियाशील मुक्तक मञ्च, पोखराको ६९औं नियमित मासिक मुक्तक वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार लक्ष्मण थापा, विष्णु अल्पविराम, रुपिन्द्र प्रभावीले आफ्ना भनइसहित मुक्तक प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, साहित्यकार सुरज उपाध्याय, सुमन लम्साल, तीर्थराज अधिकारी, सौगात संघर्ष, बी आर पी अनुभव, कमल पौडेल, सन्दिर गौतम, धिरज भट्टराई, नवराज चिन्तन, फूलमाया गर्बुजा, बालकुमारी थजाली, सम्झना रेग्मी, मन गुरुङ, नम्रता पौडेल, मोहन स्पात, माया कुँवर, सरला सरु, त्रुपक, मदन भण्डारी, एन. आर. डी., दीपकराज त्रिपाठी, रविन ढकाल, अजय चपागाईं, वसन्त पोखरेल, दीपक लामिछाने, रोशन तल्कोटे, प्राञ्जल र रामजीप्रसाद आचार्यले पनि मुक्तक वाचन गर्नुभएको थियो । हरेक महिनाको अन्तिम शनिबार मञ्चले मुक्तक वाचन कार्यक्रम गर्दै आएको छ ।

यसै बीच शनिबार सम्पन्न कार्यसमितिको बैठकले माघ १७ र १८ गते पोखरामा सम्पन्न मुक्तकको रचना विधान विषयक वृहत् मुक्तक गोष्ठीको समीक्षा गर्दै सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

कमेन्टहरु
Loading...