तीन सय ५० को निःशुल्क मधुमेह परीक्षण

पोखरा, २० चैत/ युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र माछापुच्छ«े एफएमको संयुक्त आयोजनामा शनिबार मधुमेहसम्बन्धी निःशुल्क रक्तपरीक्षण तथा सचेतना कार्यक्रम भएको छ। 

तीन सय ५० को निःशुल्क मधुमेह परीक्षण
तीन सय ५० को निःशुल्क मधुमेह परीक्षण

मानिसलाई स्वास्थ्यप्रति सचेत गराउन ‘स्वास्थ्य नै ठूलो सम्पति, स्वास्थ्य रहनु नै ठूलो उपलब्धि’ भन्ने उद्घोषका साथ भएको कार्यक्रममा तीन सय ५० जनाको मधुमेहसम्बन्धी निःशुल्क रक्त परीक्षण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले ब्यानरमा हस्ताक्षर गरी शिविर उद्घाटन गरे। मधुमेह रोगी आजभोलि दिन दुई गुणा र रात चार गुणा बढिरहेको उनले बताए। मधुमेहका पीडितहरू सबैभन्दा धेरै चीन र भारतमा रहेको उनले जानकारी दिए। विलासी जीवनशैली र अनियमित खानपान ल्याग्न आग्रह गर्दै उनले सचेतमात्र भए पनि धेरै हदसम्म मधुमेहबाट बाच्न सकिने उल्लेख गरे ।

नेपाल मधुमेही समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले मधुमेह रोग आफैमा संवेदनशील र खर्चालु रोग भएकाले सरकारले यसबाट नागरिकलाई बचाउन विषेश पहल गर्नुपर्ने आवश्यकता औँल्याए। सरकारले गर्नुपर्ने काम युआरएललगायतका व्यवसायिक संघ, संस्थाले एकबद्ध भएर
गर्नु निकै सकारात्मक भएको उनको भनाइ थियो ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्थापनाकालदेखि नै संस्थाले विभिन्न संघ, संस्थासँगको सहकार्यमा यो वर्षलाई मधुमेह वर्षका रुपमा मनाएको बताए। युआरएलले यो वर्ष मधुमेहसम्बन्धी २० स्थानमा निःशुल्क रक्त परीक्षण शिविर आयोजना गरेको छ। २०७३ साललाई मृगौला वर्ष घोषणा गरी युआरएलले वर्षभरि नै मृगौलासम्बन्धी सचेतना र निःशुल्क रक्त परीक्षण गर्ने उनले जानकारी दिए।

माछापुच्छे« एफएमका स्टेसन म्यानेजर कञ्चन थापाले रेडियोले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न कार्यक्रम गर्दै आएको बताइन्। कार्यक्रममा युआरएलका अध्यक्ष चेतबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मालगायतले बोलेका थिए। अभिमन्युविक्रम राणाको स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी जिसीले गरेकी थिइन्।

कमेन्टहरु
Loading...