मदरल्यान्डमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

पोखरा, २४ वैशाख /विद्यालय तहमा विद्यार्थीहरूको बौद्धिक क्षमताको विकासलाई मध्यनजर मदरल्यान्ड माध्यमिक विद्यालयमा वैशाख २९ र ३० गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ ।

विद्यालयमा रहेको विद्यार्थी कल्याणकारी कोषको आयोजना तथा विद्यालयको व्यवस्थापनमा गर्न लागिएको हाजिरी जवाफ प्रतियोगितामा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन सक्ने बताइएको छ । कम्तिमा एक जना छात्रा पर्ने गरी एउटा विद्यालयबाट तीन जनाको समूह सहभागी जनाउन पाइने विद्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ट्रफी र प्रमाणपत्रका साथ १२ हजार रुपैया पुरस्कार स्वरूप प्राप्त गर्ने छन् । त्यसै गरि द्वितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी र प्रमाणपत्रका साथ क्रमश ९ हजरा, ६ हजार र ३ हजार रुपैया पुरस्कार प्राप्त गर्न सक्ने कुरा विद्यालय जनाएको छ ।

छनौट, क्वार्टर फाइनल, सेमी फाइनल र फाइनल गरी चार चरणमा सम्पन्न हुने प्रतियोगितामा कास्की जिल्ला भित्रका करिब ४८ समूह सहभागी हुने आयोजकले अपेक्षा रहेको छ । सहभागी दर्ता टेलिफोनमार्फत पनि गर्न सकिने कुरा कार्यक्रम संयोजक टेकनाथ पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...