मदरल्याण्ड मावि २५ वर्षमा प्रबेशको अवसरमा विभिन्न क्षेत्रका व्यक्ती सम्मानीत

पोखरा, ३० मंसिर / पोखराको मदरल्याण्ड मा.वि. बाल तथा प्रविधिमैत्री गुणस्तरीय शैक्षिक गन्तव्य बन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढिरहेको २५ औँ वार्षिकोत्वसको समापन सहारोहका बक्ताले बताएका छन् ।

सबैका लागि गुणस्तरीय शिक्षा भन्ने मूल नारालाई आत्मसात गरी पोखराको मासवारमा २०५१ सालमा स्थापित मदरल्याण्ड माविले २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह अभिभावक, भूपू विद्यार्थी, समाजसेवी, शिक्षासेवी, कलाकार तथा अन्य सम्मानित व्यक्तित्वहरूलाई सम्मान व्यक्ति गरेको छ ।

कार्यक्रममा पृथ्वीनारायण बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले एक जोडी परेवा उडाएर पहिलो दिनको उद्घाटन गरेका थिए । सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान गरे ।

कार्यक्रममा शुभकामना मन्तव्यमा जिसीले विद्यालयले प्राप्त गरेको ऐतिहासिक उपलब्धिको प्रशंसा गर्दै महानगरको कार्वन फ्रि अभियानमा निजी विद्यालयले पनि साथ दिनुपर्ने कुरामा जोड दिए । सुन्दर नगरी पोखरालाई शैक्षिक गन्तव्यका रूपमा अगाडि बढाउन यस विद्यालयले खेलेको अहमकारी भूमिकको स्मरण गर्दै उनले विद्यालयले ठूलाठूला चुनौतीहरूको सामना गर्न सक्ने जनशक्ति उत्पादनमा सघाउनुपर्ने कुरा व्यक्त गरेका थिए।

सम्पूर्ण विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै छात्रा सन्ध्या गोदारले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालय प्रशासनका तर्फबाट प्राचार्य नारायण बरालले विगतदेखि वर्तमान समयसम्म आउँदा विद्यालयले भोग्नु परेका आरोहअवरोह अनि घुम्ती र मोडलाई स्मरण गर्दै विद्यालयले यस किसिमको सफलता प्राप्त गर्नुमा शिक्षक, विद्यार्थी, अभिभावक र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैको अहमकारी भूमिका रहेको धारण व्यक्त गर्दै स्वागत गरेका थिए।

बालबालिकाका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रममा दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले देशप्रेम, संस्कार र संस्कृति, समाज सुधार, नारीको अस्तित्व आदि विषयसँग सम्बन्धित गीत, कविता, नाटक, नृत्य, योगा आदि जस्ता विभिन्न विधामा प्रस्तुतिहरू राखेका थिए। बाबुनानीहरूको प्रतिभा प्रत्यक्ष रूपमा सुन्न र हेर्न पाउँदा अभिभावकहरू पनि ज्यादै खुसी थिए। सोही अवसरमा सोमबार विद्यालयका भूपू विद्यार्थी एवं सम्मानित व्यक्तित्व सिडी विजय अधिकारी र विक्रम बरालले मञ्चलाई निकै तताएका थिए।

विद्यालयबाट दीक्षित भएर उच्च शिक्षा तथा सरकारी सेवामा विशिष्ट उपलब्धि हाँसिल गरेका चवालीस जना भूपू विद्यार्थीहरूलाई एउटै मञ्चमा सम्मान गरिएको यस कार्यक्रममा विद्यालयमा अप्रत्यक्ष रूपमा पर्दा पछाडिबाट विद्यालयको विकासमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

विद्यालयका शुभचिन्तक तथा अभिभावक भोलानाथ पौडेल, पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बराल, राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख विष्णुनारायण श्रेष्ठ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम लगायतका विशिष्ट व्यक्तित्वहरूले उत्पादित जनशक्तिको कार्यदक्षता, प्रभावकारिता र निरन्तरतामा जोड दिएर मन्तव्य रखेको यस कार्यक्रममा विद्यालयलाई क्षेत्र, प्रदेश तथा राष्ट्रिय स्तरमा नै सर्वोत्कृष्ट विद्यालयका रूपमा स्थापित गराई यो उचाइमा ल्याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यालयका संस्थापक निर्देशक तथा रजत जयन्ती मूल समितिका संयोजक डा.त्रिभुवन शर्माले सबैलाई धन्यवाद प्रकट गरेका थिए। उनले २५ औँ वसन्त पार गरिरहँदा विगतमा भोगेका अप्ठ्यारा र सबल पक्षको पनि उनले स्मरण गरेका थिए ।

समापन समारोहको सञ्चालन दुवै दिन विद्यार्थीहरूका साथ प्रा.वि. इन्चार्ज केशु शर्मा र शिक्षक अन्तिम गुरुङले गरेका थिए । यस वर्षलाई रजत जयन्ती वर्षका रूपमा मनाउँदै आन्तरिक तथा बाह्य क्षेत्रमा चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध, प्रदेश स्तरीय हाजिरी जवाफ, जिल्ला स्तरीय वक्तृत्वकला आदि जस्ता प्रतियोगिता तथा विविध कार्यक्रमहरू सम्पन्न गरिसकेको यस विद्याललयको दुईदिने प्रस्तुतिहरूका साथ रजत जयन्ती वर्ष कार्यक्रमको पूर्ण समापन भएको कुरा मूल समितिका महासचिव एवम् सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिएका छन्।

उक्त अवसरमा विद्यालयमा रहेको विद्यार्थी कल्याणकारी कोषबाट ५० हजार ५ रुपैयाँ उपाचार बापतको साढे ३ लाख रुपैयाँ बुझाउन नसक्दा अस्पतालमै बन्धक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपाकी ललीतादेवी खंगलाई सहयोगार्थ कान्तिपुरका पत्रकार लालप्रसाद शर्मालाई हस्तान्तरण गरिएको थियो ।

कमेन्टहरु
Loading...