पोखरामा मोवाईल शौचालय सञ्चालनमा

सागर राज तिमिल्सिना
पोखरा १० पुष/पोखराको व्यस्थ बजारमा मानिसहरुको सहजता दिनका लागी मोवाईल शौचालय सञ्चालनमा ल्याएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड पोखरामा मोवाईल शौचालय सञ्चालनमा ल्याएको हो । पोखरा उपमहानगरपालिका, पोखरा उद्योग बाणिज्यसंघ, बाबा फाउण्डेशन नेपाल, गुडविल फाउण्डेशन अमेरिका र सेड्रा नेपालको सहकार्यमा क्लबले मोवाईल शौचालय सञ्चालन गरेको हो ।

toilet mobilशौचालयको रोटरी क्लब डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर दिलेन्द्रराज श्रेष्ठ, शसस्त्र प्रहरीका यसयसपी दुर्गा कुवर, पोखरा उपमहानगरपालीका अनन्त कोइराला र पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले उद्घाटन गरे । पोखरा मुख्य बजार मेला महोत्सब, ठुला सेमिनारका साथै सांगितिक कार्याक्रममा हुने भिडभाडको लागि मोवाईल शौचालय प्रभाबकारी कार्यक्रम संयोजक दिलिप श्रेष्ठले जानकारी दिए ।

शौचालय प्रयोग एक पटकमा ६ जना सम्मले शौचालयको प्रयोग गर्न सक्ने छन् । महिला र पुरुषको लागि छुट्टा छुट्टै शौचालयको ब्यबस्था गरिएको छ । मोवाईल शौचालयको लागि पोखरा उपमहानगरपालिकाले २ लाख, पोखरा उद्योग बाणिज्य संघले एक लाख रुपैया सहयोग गरेका छन् । करिब १२ लाखको लागतमा सञ्चालनमा ल्याईएको मोवाईल शौचालयमा दुई÷दुई सय लिटर क्षमताको दुई वटा ट्यांकी प्रयोग गरिएको छ । त्यसै गरि शौचालयमा प्रयोगका लागी १५ सय लिटर क्षेमताका पानी ट्ङकी समेत रहेको छ ।

मोवाईल शौचालयमा संकलित दिशा पिसाव ब्यबस्थापनको जिम्मा मिसन यस प्रालिले लिएको छ । प्रालिले शौचालयको फोहोर ब्यबस्थापन गरी प्रांगारिक मल बनाउने जनाएको छ । क्लबले मेला र महोत्सबमा बाहेक बढी जनघनत्व भएका क्षेत्रमा राख्ने योजना बनाएको छ । दुई बर्ष अघि नेपालकै पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषित कास्कीमा पर्याप्त सार्बजनिक शौचालय नहुदा सर्बसाधारणले सास्ती खेप्दै आएका थिए । त्यसै गरि पोखरा सृजना चोक र चिप्लेढुङ्गामा सडकको दुबै किनारामा रेलिङ्ग बनाएको छ । रेलिङ्गको पनि उद्घाटन भएको छ । रेलिङ्ग करिब १६ लाखको लागतमा निमार्ण भएको हो ।

कमेन्टहरु
Loading...