ल्यापटप र मोवाईल चोरी गर्ने पक्राउ

पोखरा, १६ वैशाख/तीन दिन पहिले पोखरा १४ छिनेडांडाको सगरमाथा टोल स्थित चेतराज बास्तोला घरमा भएको चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा १० मिलनटोलका ३६ वर्षिय केशविर बिकलाई पक्राउ गरेको छ । विकको कोठा खानतलासी लिंदा मोवाईल थान ५, घडी ३ र ल्यापटप १ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । निजलाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

बास्तोलाको घरको दोस्रो तलाको कोठा भित्र टेबुल माथी राखेको ल्यापटप र मोवाईल चोरी भएको घटना सम्वन्धमा अनुसन्धान एंव चोरी गर्ने ब्यक्तिको खोजलतास गर्दै जांदा विकलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...