एन्फा कास्कीका अध्यक्ष गुरुङ धरौटीमा रिहा

पोखरा, २३ माघ/ बैकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ २ लाख धरौटीमा छुटेका छन् ।

१९ फागुनमा उच्च अदालत पोखरामा हाजिर हुने गरि अदालत तारिखमा रिहा गरेको हो ।
पोखरा लेकसाईड स्थित ओम गौरा जोस्टल होटलका संचालक हरी भक्त आर्चायको उजुरी दिए पछि अध्यक्ष गुरुङलाई कास्की प्रहरीले प्रहरीले १० माघमा पक्राउ गरेको थियो ।

प्रहरीले उच्च अदालत पोखरावाट पहिलो पटक सात र दोस्रो पटक चार दिन म्याद थपको अनुमती लिई गुरुङलाई हिरासतमै राखी घटना बारे अनुसन्धान गरेको थियो ।

गुरुङ पक्राउ परे पछि एन्फा कास्कीमा जगत बहादुर थापालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिसकेको छ ।

कमेन्टहरु
Loading...