CAN

के हुँदैछ ‘वृहत शैक्षिक मेला’मा ?

63

पोखरा, २५ भदौ/वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्यूसन्सको आयोजनामा भदौ २७ देखि २९ गतेसम्म पोखरा सभागृहमा हुन लागेको ‘मेगा एजुकेशन फेयर’को तयारी अन्तिम चरणमा पुगेको छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलेज र विश्वविद्यालयहरुले सहभागिता जनाउँदैछन् ।

तीन दिने मेलामा विद्यार्थीहरुले एकै स्थानबाट थुप्रै कलेज तथा यूनिभर्सिटीको ’boutमा जानकारी लिन सक्ने आयोजकले जनाएको छ । ‘वैदेशिक अध्ययनका लागि चाहना राख्ने विद्यार्थीहरुका लागि यो मेला निकै प्रभावकारी रहनेछ ।’ आयोजक संस्था वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले भने–‘अभिभावक र विद्यार्थीलाई नै उचित परामर्श यहाँ मिल्नेछ ।’

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने आयोजकले बताएको छ ।

तीन दिने मेला अवधीभर पोखरा सभागृहमा ३६ वटा स्टलबाट परामर्शदाताहरुले वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको ’boutमा जानकारी दिनेछन् । त्यो सँगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुका लागि ‘हात खाली नजाने’ उपहार योजना पनि आयोजकले ल्याएको छ । त्यस्तै मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये लक्की ड्रमार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।

यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने लहर चलेको छ । र, त्यहि लहरमा धेरैजना नबुझि वैदेशिक अध्ययनमा जाँदा समस्यामा पनि पर्ने गरेका छन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको वान अपले बताएको छ । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ ।