फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष मुल्मीलाई पत्नी शोक

पोखरा, १७ जेठ / फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष तथा बुद्व बिशाल बजार ब्यापारीक एशोसियसनका निर्वतमान अध्यक्ष प्रदिप मुल्मीलाई पत्नी शोक परेको छ ।

मुल्मीकी ३६ बर्षीय श्रीमती मिरा मुल्मीको पेट दुखेर पोखरा गैह्रापाट स्थित फिस्टेल हस्पिटलमा गएकीमा दुखाई कम गर्ने इन्जेक्सन लगाउना साथ उनको मृत्यु भएको थियो ।

खाना खाएपछि मिरालाई पेट दुख्न थालेको र धेरै नै पेट दुखेपछि प्रदिपले गाडी चलाएर मिरालाई फिस्टेल हस्पिटलमा लगेका थिए ।

दुखाई कम गर्न भन्दै इर्मजेन्सी वार्ड मै मिरालाई एउटा इन्जेक्शन दिइएको थियो । इन्जेक्शन लगाएको केही मिनेट पछि नै मिराको मृत्यु भएको थियो ।

अस्पतालको केही प्राविधिक असमान्य जस्यताको कारण निधनः अस्पताल प्रशासन

मृतक मुल्मीका आफन्त तथा शुभ चिन्तकहरुले हस्पीटलको लापरवाहीले मुत्यु भएको भन्दै अस्पतालले माफी माग्नु पर्ने भन्दै दिनभर अस्पताल परीसरमा जम्मा भएका थिए ।

अस्पताल प्रशासन, चिकित्सक र मिराका आफन्तबीच वार्ता पछि फिस्टेल अस्पताल प्रशाशनले मिरा मुल्मीको असामयिक निधन हुन गएकोमा अस्पतालको केही प्राविधिक असमान्य जस्यताको कारण निधन हुन गएकोमा अस्पताल प्रशासन दुःख ब्यक्तm गर्दै शोकाकुल परिवार प्रति समवेदना प्रकट गरेको छ ।

दिउसो आफन्त, चिकित्सक र अस्पताल प्रशासन बीचको वार्तामा चिकित्सकहरुले उपचार पद्धती र मिराको मृत्युको बारेमा आफन्तलाई सम्झाएका थिए । त्यसपछि अस्पताल प्रशासनले दुख व्यक्त गर्ने सहमतिमा आफन्तले शव बुझेका हुन ।

यसै विच बुद्व बिशाल बजार ब्यापारीक एशोसियसनका अध्यक्ष केशव खत्रीले एक शोक वक्तव्य जारी गर्दे्र बिशाल बजार ब्यापारीक एशोसियसनका निर्वतमान अध्यक्ष, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष, सफल युवा व्यवसायी एवं सामाजिक व्यक्तित्व प्रदिप मुल्मीकी धर्मपत्नी मिरा मुल्मीको फिस्टेल अस्पतालमा भएको अकल्पनीय र अपत्यारिलो निधनको खवरले स्तब्ध बनाएको बताउदै मृत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्दान्जली अर्पण गरेका छन् ।

स्वर्गीय मुल्मीको आज बिहान आठ बजे शव यात्रा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कमेन्टहरु
Loading...