माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना

पोखरा, ४ कार्तिक/ माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना भएको छ । सो अक्षयकोषमा पोखरा बैदामका समाजसेवी, पुर्व जिविस सभापति तथा होटल संघ पोखराका पुर्व अध्यक्ष रमेश बहादुर भट्टराईले १ लाख १ हजार १ सय ५ रुपैया प्रदान गरि अक्षयकोषको सुरुवात गर्नुभएको हो ।

फेवा तालको किनार बाराहीघाटमा सञ्चालित आरतीको युगयुगान्त निरन्तरताको कामना गर्दै आफुले अक्षयकोष स्थापनार्थ रकम प्रदान गरेको समाजसेवी भट्टराईले बताउनुभयो । उहाँले आवश्यक परेको जुनसुकै बेला आफु आरतीलाई सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरिराज अधिकारीका अनुसार अक्षयकोषलाई १ करोड पुर्याउने लक्ष्य राखीएको छ । अधिकारीले भन्नुभयो – “धर्म संस्कृतिको संरक्षण संगै पोखरामा पर्यटन प्रवद्र्धन गर्न महत्वपुर्ण भुमिका खेलेको महाआरतीको बारेमा मानीसहरुले बुझ्दैछन् ।” उहाँले थप्नुभयो – “आरतीको महत्व बुझेर नै समाजसेवी रमेश बहादुर भट्टराईले अक्षयकोषका लागि रकम प्रदान गर्नुभयो ।” अध्यक्ष अधिकारीका अनुसार अक्षयकोषमा रमेश बहादुर भट्टराईले रकम प्रदान गरेसँगै अन्य व्यक्तिहरुपनि आरतीको निरन्तरताको कामना गर्दै अक्षयकोषमा रकम प्रदान गर्ने क्रम सुरु भएको छ ।

रमेश भट्टराईले अक्षयकोषमा रकम प्रदान गरेपछि भट्टराइकै प्रेरणाका कारण आफ्ना स्वर्गिय बाबा आमा योगेन्द्र बहादुर भट्टराई र सिता भट्टराईको स्मृतिमा शान्ता भट्टराई, डा. शर्मिला भट्टराई र सरिता भट्टराईले माता तालबाराही आरतीको अक्षयकोषमा १ लाख १ हजार १ सय १ प्रदान गरेको आरती सेवा समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

त्यस्तै अक्षयकोषमा बैदामकै ढाका बहादुर थापाले २५ हजार र दामोदर गिरीले पनि २५ हजार प्रदान गरेको आरतीले सेवा समितिले जनाएको छ ।

कमेन्टहरु
Loading...