मन्त्री चुमानद्वारा रासस गण्डकी प्रदेश कार्यालय निरीक्षण

पोखरा, ४ फागुन/ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पोखराको नयाँ बजारस्थित राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयको आज निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री चुमानले रासस गण्डकी प्रदेश कार्यालयबाट भैरहेको सेवा प्रवाह लगायतमा जानकारी लिनुभयो । प्रदेशको समाचार सम्प्रेषणमा सरकारी सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले आगामी दिनमा अझै समन्वय र सहकार्यका साथ सरकार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार क्षेत्रको विकासका लागि सञ्चारग्राम निर्माण गर्ने योजनाका साथ सरकार अघि बढेको उहाँले बताउनुभयो । मन्त्री चुमानलाई रासस गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख वासुदेव पौडेलले गण्डकी प्रदेशको राजधानी पोखरा सहित प्रदेश अन्तर्गत विभिन्न जिल्लामा रासस मार्फत भैरहेको समाचार सम्प्रेषण लगायतका विषयमा जानकारी दिनुभयो ।

प्रदेश सरकारका हरेक गतिविधिलाई समाचारका माध्यमबाट सम्प्रेषण गर्न रासस प्रतिवद्ध भएको बताउँदै उहाँले आगामी दिनमा अभैm प्रदेश सरकारसँग थप समन्वय गर्दै अघि बढ्ने बताउनुभयो ।
उक्त अवसरमा मन्त्री चुमानलाई पोखरामा राससको कार्यालय भवन २०३५ सालमा बनेको र हाल जिर्ण अवस्थामा रहेका कारण पुननिर्माण गरिनु पर्ने जानकारी गराइयो ।

कमेन्टहरु
Loading...