नेतृत्व गर्न महिला सक्षम छन्ः उपप्रमुख गुरुङ

पोखरा, १२ पुस / पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको बताएकी छन् ।

पोखरा महानगरपालिका २३ मा रहेको प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारण सभा तथा ९ औ अधिवेशनको उद्घाटन गदै उनले महिलाहरुले अवसर प्राप्त गरे नेतृत्व गर्नसक्छन भन्ने प्रमाणित गरेको बताइन् ।

महिलालाई जिम्मेवारी दिए वहन गर्न सक्छन् उनले भनिन, राष्ट्रप्रमुख, प्रधानन्यायाधिस, सभामुख भएर कुशलता पूर्वक महिलाले नेतृत्व गरिरहेको बताइन । उनले महिलाहरु कमजोर छैनन भन्ने पुष्टि गरिसकेका छन् उनले थपिन, ‘त्यसैले अव महिलाहरु घरभित्रको काममा सिमित हुनुहुदैन् ।

नेतृत्व लिन अग्रसर हुनुपर्छ, त्यसका लागि पुरुषहरुले सहयोग गर्नुपर्छ ।’ उपप्रमुख गुरुङले महिलाहरु सशक्तिकरण हुनुपर्नेमा जोड दिदै समाज परिर्वतनका लागि महिलालाई अगाडी बढाउने जिम्मेवारी र दायित्व पुरुषको पनि भएको बताइन् ।

उपप्रमुख गुरुङले सहकारीहरुले महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले सहकारीहरुले नाफा गर्ने र शेयर बाँडने भन्दा स्वरोजगार बनाउदै उत्पादन तर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सहकारीहरु आफनो ऐन कानुन र विधिभित्र रहेर सञ्चालन हुनुपर्ने बताउदै सहकारी अर्थतन्त्रको आधार स्तम्भ भएको बताइन् । पोखरा महानगरले सहकारीसंग सहकार्य गरेर जान एक सहकारी एक उत्पादनको अवधारणा ल्याएको उपप्रमुख गुरुङको भनाई थियो ।

प्रभावकारी महिला सहकारीका अध्यक्ष लोककुमारी क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २३ का वडा सदस्य भरतराज भण्डारी, जिल्ला सहकारी संघका सदस्य अम्विका कुँवर, नेकपा वडा कमिटि २३ का अध्यक्ष चेतबहादुर क्षत्री, सहकारीका पूर्व अध्यक्ष दोपलीदेवी पराजुली, शेयर सदस्य रिता सुनार, धनबहादुर गुरुङ, लेखबहादुर क्षेत्री, अमित क्षत्री लगायतले बोलेका थिए ।

कार्यक्रममा सहकारीका ज्येष्ठ सदस्य बसन्धरी पराजुली, उत्कृष्ट बचतकर्ता जगमाया गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...