मनिपाल नखुले ताला तोड्ने अनेरास्ववियूको चेतावनी

पोखरा, १५ जेठ/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन कास्कीले मनिपाल शिक्षण अस्पतालको सेवा सञ्चालन नभएमा आफुहरुले हस्तक्षेप गर्दै सञ्चालनका लागि ताला तोड्ने चेतावनी दिएको छ ।

मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै अनेरास्ववियुले विद्यार्थीको पढाइ र विरामीको उपचार प्रतिआघात पुग्ने गरी गरिएको अस्पताल बन्द आफुहरुका लागि स्विकार्य नहुने भन्दै तत्काल स्थानिय प्रशासनको ध्यानाकर्षण समेत गराएको छ ।

“दोषीलाई छिटो भन्दा छिटो कानुनी कारवाही गरि तुरुन्त अस्पतालको पढाई र उपचार सेवा सुचारु नभएमा अनेरास्ववियुले ताला फोर्न बाध्य हुनेछौं”अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...