मानववेचविखनका आरोपित हिरासतमा

पोखरा, २८ माघ/एक २३ वर्षीया महिलालाई मानववेचविखन तथा ओसार–पसार गरेको आरोपमा सप्तरी जिल्ला पन्सरा गाविस–३ का ३९ वर्षीया अञ्जु चौधरीलाई प्रहरीले माघ २८ गते म्याद थप गरी हिरासतमा राखेको छ ।

पोखरा उमनपा–७ सिमलचौर स्थित फेमिली रेष्टुरेण्टका सञ्चालिका आरोपी चौधरीले ०७० कात्तिक २० गतेदेखि माघ ४ गतेसम्म विभिन्न प्रलोभनमा पारी बन्धक बनाई जबरजस्ती यौन कार्य गर्न लगाई आर्थिक लाभ लिएको भन्दै पीडितले कारबाहीको माग गर्दै माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । आरोपित चौधरीलाई प्रहरीले माघ ६ गते गिरफ्तार मानववेचविखन तथा ओसार–पसार अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो ।

कमेन्टहरु
Loading...