एक वर्षमा सोचे जस्तो काम भएन अब काम गर्छौ — मयेर जिसी

पोखरा, ९ जेठ /देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाले नयाँ जनप्रतिधि पाएको एक वर्ष पुग्नै लाग्दा महानगरका प्रमुख मानबहादुर जिसीले एक वर्षमा सोचे अनुरु काम अगाडी बढाउन नकसेको बताएका छन् ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर एक वर्षमा भएका काम र आगामी योजनाहरु सार्वजनीक गर्दै कानुन अभाव, कर्मचारीको अभाव र परम्परागत ढंगले काम गरेका कारण सोचे अनुरुप काम हुन नसकेको बताए ।

जिसीले आगामी योजनमा फेवातालको मापदण्डमा परेका संरचना हटाउने, फेवातालमा सिल्ट्रेसन ड्याम निर्माण गर्ने, पृथ्वीचोकमा अन्डरग्राउण्ड क्रस डिपिआर निर्माण गर्ने, धुलो रहित सडक निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गर्ने लगाएतका योजना अगाडी बढाएको बताए ।

उनले एक वर्षको अवधीमा २८ वटा ऐन, कार्यविधि, निर्देशिका, नियमावलिहरु तयार पारेको जानकारी दिए । उनले पोखरा महानगरपालिकाले ३३ वटै वडा कार्यालयमा इन्टरनेट सेवा, अनलाईन मार्फत पञ्जिकरण घटना दर्ताको सुरुवात गरेको, ३० स्थानमा वडा देखि वडा सम्म जोड्ने सडका निर्माणको सुरुवात, फिर्के खोला रेखाङकन, जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन लगाएतका काम गरेको जानकारी दिए ।

जिसीले चुनावी अभियानका क्रममा केही महत्वकांक्षी योजना अघि सारे पनि कामको सुरुवात हुन नसकेको भन्दै स्थानीयले आलोचना सुरु गरेका छन् ।

कमेन्टहरु
Loading...