निःशुल्क मधुमेह परीक्षणको तयारी

पोखरा, ४ चैत। गिरी कम्प्लेक्स, न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले भीमसेन टोल मिसाः पुचः र भीमसेन टोल ल्याम्ह पुचःसँगको सहकार्यमा आगामी शनिबार निःशुल्क मधुमेह रोगसम्बन्धी रक्त परीक्षण तथा सचेतना कार्यक्रम गर्ने भएको छ।

कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले मधुमेह रोग लाग्न नदिने उपाय, रोकथामका तरिका र स्वस्थ जीवनशैलीबारे प्रकाश पार्ने छन्।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आयोजित कार्यक्रममा अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट प्रदान गरिने युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए। युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेका निःशुल्क शिविरबाट हालसम्म आठ हजार पाँच सय बढी लाभान्वित भइसकेका छन्।

कमेन्टहरु
Loading...