मादी गाउँपालिका वडा नं. ८ मा सार्वजनिक सुनुवाइ सम्पन्न

पोखरा ,२ जेठ​ /कास्की जिल्लाको मादी गाउँ पालिका वडा नं. ८ को आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।कार्यक्रममा वडा अध्यक्ष यमबहादुर गुरुङले मादी गाउँ पालिका वडा नं. ८ मा गाउँकार्य पालिकाले प्रकाशन गरेको रातो किताबमा उल्लेख गरिएका अधिकांश कार्य गरिएको वताउँदै निति र नियमले गर्न मिल्ने कार्यहरु मात्र आफुले गर्दै आएको वताए ।

साथै उनले गतवर्ष आफ्नो वडाले मात्रै वेरुजु फस्र्यौट गरेको वताउँदै मादी गाउँपालिका भित्र वडा नं. ८ ले सबै प्रकारका राजस्व कम्प्युटर मार्फत विल काट्ने गरिएको वताए । उनले लक्षित वर्गको वजेट दिर्घकालीन कार्यमा खर्च गर्ने उद्धेश्यले वडा नं. ८ का महिलाहरुलाई सिलाई कटाई तालिम प्रदान गरी वडामा स्विटर वनाउने उद्योग खोल्न लागेको वताउँदै उक्त उद्योगबाट उत्पादित स्विटरको वित्रि, वितरणको समेत व्यवस्था मिलाईएको वताए ।

सो अबसरमा मादी ८ का वडा सदस्यहरु लालदेबी घले, पन्चमाया नेपाली, कुलबिर गुरुङ, तुलाप्रसाद रिजाल, वडा सचिव सरोज थापा, कर्मचारी जंगबहादुर गुरुङ, जेटिए शिला पौडेल आचार्य, उपभोक्ता समितिका अध्यक्ष, विद्यालयका प्रतिनिधि, सहकारीका प्रतिनिधिहरु लगाएतले सो अवसरमा जिज्ञासाहरुको जवाफ दिदैं सेवाग्राहीलाई सकेसम्म छिटो छरितो सेवा दिने प्रयास गरेको भएतापनि कहिले काँही आवश्यक कागजातको अभाव तथा विद्युतको समस्याले समय मै काम नभएको वताए ।

वाटो निर्माण समितिका अध्यक्ष आमेप्रकाश गुरुङले प्राविधिकहरुको लापरवाहीको कारण पनि आफुले दुःख पाएको वताउँदै काम सम्पन्न भएको एक हप्ता भित्र प्राबिधिकहरुले मुल्यांकन गर्नुपर्ने मा २ महिना सम्म प्राबिधिक नआइदिने गर्दा समस्या भएको वताए ।

सो कार्यक्रमको सहजीकरण स्पीड एफएम ८९.५ का स्टेसन म्यानेजर ऋषिराम दाहाल र कृष्ण रानाभाटले गरेका थिए ।कार्यक्रम नागीधार, पाखुरी कोट, रबै, पोसि र तल्लो रबै टोल बिकास संस्थाहरु, टोल सुधार समितिहरु, युवा क्लबका सदस्यहरु, आमा समुहका सहभागीता रहेकोे थियो ।वडा अध्यक्ष यमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ऋषिराम दाहालले गरेका थिए ।

कमेन्टहरु
Loading...