लकडाउनको मारमा परेका परिवारलाई यूकेबाट सहयोग

पोखरा, २९ वैशाख/ पोखरा नेपाल–यूके फाउन्डेशनको विशेष सहयोगमा‘जक्शनग्रुपप्रालि’ले लकडाउनको मारमा परेका निम्नवर्गका ६५ परिवारलाई खाद्यान्नवितरण गरेको छ । करिब साढे २ लाख बराबरको खाद्यान्न वितरण गरिएको जक्शनग्रुप प्रालिले जनाएको छ ।

‘पोखरा नेपाल–यूके फाउन्डेशन’ नेपालमाआउने विभिन्नविपद्मा नेपालीको सहयोगकालागियूकेमा स्थापित सामाजिक संस्थाहो । पोखराका भीम महेन्द्र गुरुङ र जगत गुरुङले संस्थागत रुपमायूकेमा रहेका नेपालीहरुसँग सहयोग उठाएर जक्शन ग्रुपमार्फत सहयोग गरेका हुन् । उनीहरुको यो अभियानमात्यहाँ रहेका करिब २ सय नेपालीहरुको योगदान छ ।

‘यूकेमा रहेपनि नेपाललाई दुख्दा नेपालीमनलाई नदुख्ने कुरै भएन ।’ यूकेबाट अभियानकर्ता भीम महेन्द्र र जगत गुरुङले भने–‘त्यहीभएर हामीले सकेको केही सहयोग गरेका हौँ । र, आगामीदिनमापनिविपद्ले समस्यामा परेका नेपालीहरुको लागिहामीले सहयोग गरिरहनेछौँ ।’

सिनेम्याटोग्राफर प्रकाश गुरुङ ‘काश’को विशेष सँयोजनमा जक्शनग्रुपप्रालिले सहयोग वितरण गरेको हो । प्रकाशलामो समययतापोखराको मिडियामा कर्म गर्दै आएका छन् । विशेष गरि गुरुङ भाषा र सँस्कृतिमाबन्दै आएकाफिल्महरुमाआफ्नो बलियो प्रभावबनाएकाप्रकाश नेपालीसिनेमा उद्योगमापनि स्थापितहुने क्रममा छन् ।

‘यूकेमा रहेका केही साथीहरुले विपद्को बेलामा अप्ठेरोमा परेका नेपालीदाजुभाईलाई सहयोग गर्ने गरि रकम पठाउनुभएको थियो । र, हामीले ६५ परिवारका २ सय भन्दा बढिलाई प्रत्यक्षलाभहुने गरि खाद्यान्नउपलब्ध गराईसकेका छौँ ।’ यो अभियानलाई सहजीकरण गरिरहेका प्रकाश गुरुङ ‘काश’ले भने–‘यो अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाददिन चाहन्छु ।’

‘जक्शनग्रुपप्रालि’मार्फत खाद्यान्नवितरणको चाँजोपाँजो मिलाईएको थियो । ‘हामीले कोरोना कहर र यो विपद्का कारण समस्यामा परेका थुप्रै मानिसहरुको अवस्था मिडियामार्फत प्रस्तुत गरेका थियौँ ।’ जक्शन ग्रुपकाप्रबन्धनिर्देशक अरुण गिरीले भने–‘त्यही भिडियो देखेपछि फाउन्डेशनले सहयोग वितरणको जिम्माहामीलाई दिएको हो ।’

सहयोग प्राप्त गरिसकेपछि समस्यामा परेका व्यक्तिहरुले फाउन्डेशनलाई धन्यबाद ज्ञापन गरेका थिए । समस्याको बेलामाआफ्नै नजिककाले सहयोग नगरिरहेको अवस्थामादेशबाहिर रहेका नेपालीले सहयोग गरेकोमा उनीहरु खुशी देखिए ।

कमेन्टहरु
Loading...