लायन्स प्रि जोन मिटिङ कार्ययोजना तयार

पोखरा, १५ असार /लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बि १ नेपाल अन्र्तगत जोन २८ को डिष्ट्रिक्ट गर्भनर्स एड्भाईजरी कमिटी प्रि जोन मिटिङ बुधवार सम्पन्न भएको छ ।

लायन बर्ष २०१८/१९ का लागि निर्वाचित जोन २८ अन्र्तगत क्लबका अध्यक्ष र पदाधिकारीहरु बिच परिचयका साथै जुलाई १ देखि शुरु हुने कार्यकालमा क्लबले सम्पादन गर्ने बार्षिक कार्यक्रम अध्यक्षहरुले प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा लायन्स क्लब अफ पोखरा भद्रकाली, पोखरा गोल्डेन चौतारी, पोखरा गोल्डेन सोसाईटी र पोखरा स्कुल चौतारीका अध्यक्ष तथा पदाधिकारीहरु र डिष्ट्रिक्टका सिनियर लिडरहरुको सहभागीता रहेको थियो ।.

जोन २८ का जोनचेयरपर्सन प्रमोद प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका चिफ पिआरओ परमेश्वर बराल, सिनियर एड्भाईजर दीनबन्धु पौडेल, एड्भाईजर किशोर बराल, जिएलटी कोअर्डिनेटर पुथ्वीराज तिमिल्सेना, जिएमटी कोअर्डिनेटर सुर्यनाथ कोईराला, डिपार्टमेन्ट अफिसर चुडामणी बराल, कमिटी चेयरपर्सन गोपीनाथ बराल, रिजन १४ का रिजन चेयरपर्सन खुवबहादुर बराल, जोन २९ का जोन चेयरपर्सन टंकराज अधिकारी लगाएतले लायन्स इन्टरनेसनल डिष्ट्रिकले गर्ने कार्यक्रमका बारेमा चर्चा गर्दै आवश्यक सुझाव दिएका थिए । .

कमेन्टहरु
Loading...