पोखरा मै उच्चस्तरीय ल्याबसेवा प्रदान गर्दै लाईफकेयर डाइग्नोष्टिक्स्

सागर राज तिमिल्सिना
पोखरा, ६ साउन /पोखराको न्युरोडमा रहेको लाईफकेयर डाइग्नोष्टिक्स् एण्ड रिसर्च सेन्टर पोखराले पोखराबाट उच्चस्तरीय ल्याब सेवा दिदै आएको सञ्चालकले जानकारी दिएका छन् । गुणस्तरीय प्याथलोजी सेवामा समर्पित नाराका साथ गत बैशाखमा स्थापना भएको रिसर्च सेन्टरले पोखराको मात्रै हैन अन्य क्षेत्रबाट समेत ल्याव सेवा दिन आउने गरेको प्रबन्ध निदेशक शंकर भण्डारीले जानकारी दिए ।

पोखरा मै उच्चस्तरीय ल्याबसेवा प्रदान गर्दै लाईफकेयर डाइग्नोष्टिक्स्
पोखरा मै उच्चस्तरीय ल्याबसेवा प्रदान गर्दै लाईफकेयर डाइग्नोष्टिक्स्

उनले पोखराको मात्रै नभएर बाग्लुङ, स्याङजा, पर्वत, तनँहु, चितवन, धनगढी लगाएतका क्षेत्रबाट परिक्षणका लागि आउने गरेको बताए । उनले धनगढीमा सेवा केन्द्र नै राखेर सेवा दिन लागेको जानकारी दिए । यो प्रयोगशालामा हरेक प्रकारका क्यान्सर, युरिक एसिड, एलर्जी, सुगर, थाइराइड, हर्मनहरु, फुलबढि परिक्षण, हिस्टो प्याथोलोजि सम्बन्धी परिक्षण लगाएको परिक्षण हुने भण्डारीले जानकारी दिए ।

उनले महिलाको पाठेघर सम्बन्धी क्यान्स र पुरुषको प्रोष्टेड क्यान्सको पनि परिक्षण हुने बताए । उनले भने ४० वर्ष उमेर नाघेका महिला तथा पुरुषले यो परिक्षण गर्नु पर्ने बताए । महिला र पुरुषमा ४० वर्ष पुगे पछि यो परिक्षण गर्दा क्यान्सर लागेनलागेको थाहापाउन सकिने बताए । उनले अमेरीकन सिमेन्स कम्पनीको सेन्चर र इटालीको लायजोनका अत्याधुनीक मेसिनबाट परिक्षण गर्ने बताए ।

पोखरा मै उच्चस्तरीय ल्याबसेवा प्रदान गर्दै लाईफकेयर डाइग्नोष्टिक्स्
पोखरा मै उच्चस्तरीय ल्याबसेवा प्रदान गर्दै लाईफकेयर डाइग्नोष्टिक्स्

पोखराका ८ जना व्यवसायीले करिब २ करोडको लगानीमा यो प्रविधि ल्याएका हुन् । प्रालिमा डाक्टर महिन्द्र भट्ट अध्यक्ष रहेका छन् भने शंकर भण्डारी, डा अमर नागिला, डा डुकबहादुर क्षेत्री, बासुदेब कोइराला, ज्ञानेन्द्र गौतम, सुरेश भण्डारी र अनुपम विभास सञ्चालक रहेका छन् ।

कमेन्टहरु
Loading...