छैठौ पोखरा महोत्सवबाट १० लाख चिडियाखाना निर्माण समितिलाई

पोखरा, १८ भदौ /युनाइटेड क्लव पोखराले चिडियाखाना निर्माणका लागी १० लाख प्रदान गरेको छ । गत पुस ३० देखि माघ १० गते सम्म पोखरा अमरसिंह चौरमा सम्पन्न छैठौ पोखरा महोत्सबको आम्दानीबाट छुट्याइएको १० लाख रुपैया शुक्रबार चिडियाखाना निर्माण समितिलाई हस्तान्तरण गरेको हो ।

क्लवका अध्यक्ष सुक वहादुर गुरुङ तथा पदाधिकारीहरुले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितका संयोजकतथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल तथा पदाधिकारीहरुलाई १० लाखको चेक हस्तान्तरण गरेको हो । कास्कीको लेखनाथ नगरपालिका स्थित पचभैयामा निर्माण हुन लागेको चिडियाखाना निर्माण समितीलाई क्लवले रकम हस्तान्तरण गरेको हो ।

२०६७ साल देखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सव गर्दै आइरहेको क्लवले प्रत्येक वर्ष आयोजना गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागी छुट्याउदै आएको छ । सोही अनुरुप यो वर्ष छैठौ पोखरा महोत्सवबाट छुट्याइएको रकम मध्ये १० लाखको चेक शुक्रबार प्रदान गरिएको हो ।

चेक हस्तान्तरण समारोहमा वोल्दै पोखरा क्षेत्रिय अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले लेखनाथको पचभैया क्षेत्रमा निर्माणाधिन चिडियाखाना निर्माण अन्तरगत प्रारम्भिक चरणको कामहरु भइरहेको वताए । उनले स्थानिय स्तरबाट मात्र नभइ बन मन्त्रालय देखि विभिन्न ठाउमा पनि चिडियाखाना निर्माणका लागी सहयोग माग्ने कामलाई निरन्तरता दिइने वताए ।

सो समारोहमा वोल्दै चिडियाखाना निर्माण समितीका कोषाध्यक्ष दामोदरभक्त थापाले क्लवले हाल सम्म चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया हस्तान्तरण गरिसकेको र उक्त रकम बरावरको खर्च प्रारम्भिक चरणमा खर्च भइसकेको वताए । अहिले चिडियाखाना निर्माण स्थलको प्रवेश गर्ने सडक ढलान गरी खानेपानी जडान भइसकेको र गार्ड बस्ने ठाउ र घाइते जीवजन्तु राख्ने खोर निर्माणको काम भइरहेको वताए ।

युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले क्लवले पोखरामा चिडियाखाना निर्माण लाई पहिलो प्राथमिकतामा राखेर अगाडी वढेकाले आगामी दिनमा महोत्सवको आम्दानीको २० प्रतिशतलाई बढाउने वताए । कार्यक्रममा पोखरा क्षेत्रिय चिडियाखाना निर्माण समितीका सह संयोजक मोहन बहादुर घिमिरे, कुलुङखोला खानेपानी उपसमितीका ब्यवस्थापक हरिबहादुर घिमिरे लगायतले बोलेका थिएभने युनाइटेड क्लवका कोषाध्यक्ष गणेष तिमिल्सिना, सह कोषाध्यक्ष कृष्ण बहादुर थापा मगर, सदस्यहरु भीम बहादुर गुरुङ, सूर्य बहादुर बानिया, पूर्णकला पोख्रेल, अनिल गुरुङ दिनेश सुनार, रावत तामाङ गोम्जा लगायतको सहभागीता रहेको थियो ।

युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले धन्यवाद ब्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...