लायन्स क्लब अफ पोखरा लामाचौरद्वारा मानव सेवा आश्रमलाई सहयोग

54

पोखरा, ९ असोज / लायन्स क्लब अफ पोखरा लामाचौर र सत्संङ परिवारले मावन सेवा आश्रम पोखरालाई

सहयोग गरेको छ । सामाजिक काम गर्ने लक्ष्यसहित स्थापना भएको क्लबले आश्रमलाई हालै एक कार्यक्रमका

बीच खाद्यान्न र खाना पकाउने ग्यासको एक सिलिन्डर सहयोग गरेको क्लबका संस्थापक अध्यक्ष सञ्जय लामाले

जानकारी दिए ।

आश्रममा रहेका बृद्धहरुलाई क्लबले एक छाक खानासमेत खुवाएको छ । क्लबले आश्रमका लागि हरेक महिना

१० बोरा चामल सहयोग गर्ने लामाले जानकारी दिए । क्लबका प्रथम उपाध्यक्ष ज्ञानु लामाको संयोजकत्वमा

कार्यक्रम भएको क्लबका सहसचिव सिर्जना रिजाल कार्कीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका चिफ पिआरओ परमेश्वर बरालले

क्लबले स्थापनाको छोटो समयमा राम्रा सामाजिक काम गर्न सफल भएको भन्दै थप रचनात्मक कामहरु गर्न

सुझाव दिए ।

इभ्यालुएसन कमिटि चिफ तीर्थलाल श्रेष्ठ, हङगर रिलिफि कमिटिका चिफ कविराज आचार्य, जोन चियरपर्सन

गोविन्द शाही, लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष उमेशचन्द्र देवकोटा लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव अनिस तामाङले गरेका थिए

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...