बिदेश भएका नेपालीका सम्बन्धमा एकपटक सोच्ने कि ?

लक्ष्मण तिमिल्सिना
नेपाली जनताले नाकाबन्दिको समयमा यौटा बलियो धारणा बनाए । बरु भोकौ मरौला तर राष्ट्रप्रेम ढल्न हुदैन, राष्ट्रको शान झुक्न दिनु हुदैन । तसर्थ पनि नेपालीको शिर उचो पार्ने काम त्यो बखत भयो । नाकाबन्दी सँग नेपाल हारेन ।

जुन घटनाको नेतृत्व गरेका प्रधानमन्त्री केपि शर्मा ओली थिए । ओलीको नेतृत्वमै अहिले विश्व समुदाय जुधिरहेको कोरोना महामारी सँगको लडाइमा नेपाल पनि जुधिरहेको छ । सरकारले बेलैमा लकडाउन गरेको कारण संक्रमितको सख्या अलिक कम देखिएको कुरा नकार्न सकिन्न ।

तर यसो भनिरहदा खुल्ला सिमाना भएको भारत तर्फको नाकामा सुरक्षा उपाय प्रयाप्त नहुदा सिमावर्ती क्षेत्रबाट दिनँहु आउने नेपालीले कोही न कोहीले रोग बोकेर आएकै छन् । केहि भारती नागरिक बिभिन्न बहानामा नेपाल आइरहेकै छन् । हवाइ मार्गबाट कोरोना भित्रिन जितेको सरकार स्थल मार्गको हैरानिमा पर्नु स्वभाविक नै हो । पछिल्ला घटना क्रमले यो देखाएको छ कि बिदेशमा भएका विषेसगरी भारतमा भएका नेपालीहरु नेपाल छिर्न आतुर छन् ।

घरकै आटो रोटो खाएर यो महामारीमा जुध्न चाहेका छन् तर परिस्थिती सहज छैन । लुकिछिपी आउदा संक्रमण झन् बढ्ने खतरा एकातिर छ तसर्थ अब यो बिषयमा गम्भिरता पुर्वक सोच्नु जरुरी छ । सरकारले विश्व भरी रहेका नेपाली जो नेपाल आउने चाहना राख्छन् उनीहरुको लगत राखी सशुल्क तथा निःशुल्क क्वारेन्टाइनको ब्यवस्थापन गर्ने गरि जनस्वास्थ्यको योजना बनाएर कार्यान्वयन गर्नु आवश्यक छ ।

पेड क्वारेन्टाइन बारे सोच्ने कि ?

भारतमा भएका र अन्य देशका भएका नेपाली जो नेपाल आतुर छन् । उनिहरुलाई नेपाल ल्याउनको लागि सरकारले गरेको तयारी स्वागत योग्य छ । तर अन्य देशबाट नेपाल आउन चाहेका नेपालीको बारे के गर्ने ? सोच्ने बेला आएको छ । बिभिन्न राष्ट्रले आफ्ना नागरिक देश फर्काउन प्लेन चार्टर गरेको बेला हामीले पनि यो बिषयमा दिर्घकालिन योजना बनाउनु जरुरी छ । हाल हामी संघ आफ्ना नागरिक को कुन देशमा छन् यकिन तथ्यांक उपलब्ध छैन ।

तसर्थ यस्को लागि लगत संकलन पहिलो कार्य हुन सक्छ । सिस्टमको विकास गरि नेपाल आउन चाहनेको लगत संकलन गरि उनिहरु मध्ये नेपाल आउन चाहने नेपालीको पिसिआर टेस्ट गरेर आवश्यक सुरक्षा उपाय अवलम्बन गर्नु पर्दछ । आर्थिक अवस्था सवल भएकाको हकमा चार्टड सेल्फ पे प्लेनको ब्यवस्थापन गरि नागरिकलाई देशमा आउन दिने योजना अगाडी बढाउनुको साथै आर्थिक रुपमा बिपन्नको लागि राज्यले प्लेन चार्टर्ड गरेर भए पनि नेपाल आउने बातावरण बनाउनु आवश्यक छ ।

अनि नेपालमा समेत होटल खुल्ला प्रतिस्पर्धाबाट होटल, रेस्टुराहरुलाई पेड क्वारेन्टाइनको रुपमा विकास गराउदा आर्थिक अवस्था सवल भएका नेपाली दाजु भाइलाई पेड क्वारेन्टाइनमा राख्न सकिन्छ । यस्ले गर्दा देश र सरकार प्रतिको विस्वास जनमानसमा कायम नै रहिरहनुका साथै क्वारेन्टाइनमा आफुले मेनु अनुसारको खाना खान पाहुनेछन् । साथै त्यस्ता क्वारेन्टाइनमा सुरक्षा तथा स्वास्थ्योउपचारको जिम्मा राज्यले गरिदिदा राज्यलाई ठुलो आर्थिक भार पर्दैनथ्यो । अति बिपन्न नेपालीको पहिचान गरी उनिहरुलाई स्थानिय तहको ब्यवस्थापनमा बनेको निःशुल्क क्वारेन्टाइनमा राख्ने आवश्यक प्रवन्ध गर्नु जरुरी देखिन्छ । यसले लुकिछिपी नेपाल आउनेको सख्या कमि हुदै सामुदायिक जोखिम कम गर्दै राज्यको स्रोतमा कम भार पर्ने देखिन्छ ।

आकस्मिक खाद्यय घर

यो महामारिको असर कहाँ सम्म र कहिले सम्म जाने हो सजिलै भन्न सकिने अवस्था छैन । यस परिस्थितिमा लकडाउन खुल्यो भने पनि बड्दो भिडभाड कोरोना संक्रमण फैलन जिम्मेवार नबन्ला भन्न सकिन्न । तसर्थ अबको ६ महिनालाई पुग्ने गरि धान, मकै, गहुको भण्डारण गर्नको लागि प्रत्येक स्थानिय तहमा आकस्मिक खाध्य भण्डार बनाउनु जरुरी छ ।

यसको कार्ययोजना आजै तयारी नगर्ने हो भने भयावह स्थिति संग जुध्नु थप संघर्ष हुनेछ । स्थानिय तहको क्षमता अभिबृद्धी गराउदै तरकारी, पशु तथा मासुजन्य उत्पादन तथा फलफुल स्थानिय उत्पादनमै जोड दिनु पर्छ । नेपालमा कृषि उत्पादन वृद्धि गर्नको लागि यो उपयुक्त समय पनि हो ।

कमेन्टहरु
Loading...