भाषा संघ नेपाल (लान) कास्कीमा श्रेष्ठ

पोखरा, १३ पुस /भाषा संघ नेपाल (लान) कास्कीको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न संघको चौंथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निविरोध चयन गरेको हो ।

अधिवेशनले संघको प्रथम उपाध्यक्षमा पूर्णचन्द्र न्यौपाने, द्वितीय उपाध्यक्षमा श्रीजन भान्साकार्य, महासचिवमा मोती श्रेष्ठ, सचिवमा बालकृष्ण शर्मा र कोषाध्यक्षमा निलम श्रेष्ठलाई चयन गरेको छ । सदस्यमा सरोज थापा, पुर्णकुमारी गरुङ, तोपबहादुर थापा, विकास गौतम, सविता शेरचन र कृष्णप्रसाद आचार्य चयन भए ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले नेपालको शिक्षा नीति व्यवहारिक हुनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि ईक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले नेपालको शिक्षा नीति जनतामुखी हुन नसकेकै कारण शैक्षिक क्षेत्रले आशातित फड्को मार्न नसकेको बताए ।

राज्यको शैक्षिक नीति व्यावसायिक हुन नसकेकै कारण वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी तथा सहजीकरण गर्ने कन्सल्टेन्सीहरु पनि समस्या हुने गरेको जनाए । जसका लागि उनले राज्यले नै शैक्षिक नितीमा सुधार गर्नुपर्नेमा जोड दिए ।

भाषा संघ नेपाल जापानिज भाषालाई मात्र विशेष जोड दिने कन्सल्टेन्सीहरुको साझा संस्था हो । यो संस्थामा कास्की जिल्लाका ४१ कन्सल्टेन्सीहरु आवद्व छन् ।

कमेन्टहरु
Loading...