लामाचौर तीज महोत्सवको तयारी पुरा, महिला भलिवलमा ७ टिम

फाइल तस्बिर

पोखरा, २१ भदौ / हरितालिका तीजको अवसर पारेर नवआदर्श सामुदायिक विकास समाज लामाचौर पोखराले,

‘लामाचौर तीज महोत्सव एवम राष्ट्रिय महिला भलिवल प्रतियोगिता – २०७५’को आयोजनाको तयारी अन्तिम

चरणमा पुगेको जानकारी दिएको छ । बिहीबार मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेलाको

सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको हो ।

सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने प्रचार प्रसार

समितिका संयोजक धर्ममान सिंह भण्डारीले बताए । ‘हाम्रो उद्देश्य नै यही हो,’ उनले भने, ‘सबैको साथ र

सहयोगको अपेक्षा गरेका छौं ।’

महोत्वमा सञ्चालन हुने महिला भलिवल प्रतियोगितामा विभागिय ३ टिम सहित ७ टिमको सहभागिता रहने

बताइएको छ । विभागिय ससस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी, काठमाडौंको न्यु डाइमन्ड एकेडेमी,

जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र, चितवनको चितवन टाइगर र पोखराको टप्स बोर्डिङ स्कुल गरी ७ टिमको

सहभागिता हुने भलिबल प्रतियोगिता संयोजक सुसिल कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १ लाख, दोश्रो हुनेलाई नगद रु. ६५ हजार, तेश्रो हुनेलाई नगद रु.२५ हजार,

चौथो हुनेलाई नगद रु. १५ हजार साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको उनले सुनाए ।

यस्तै, तीज गीत प्रतियोगिता अन्तर महिला समूहतर्फ प्रथम हुनेलाई नगद रु. २५ हजार ५, द्वितिय हुनेलाई नगद

रु. १५ हजार ५ तृतिय हुनेलाई १० हजार ५, सान्त्वना हुनेलाई नगद रु. ५ हजार ५ साथै प्रत्येक सहभागी समुहलाई

नगद रु. २ हजार प्रदान गरिने छ ।

अन्तर विद्यालय लोक नृत्य तर्फ प्रथम हुनेलाई नगद रु. २५ हजार ५ द्वितिय हुनेलाई नगद रु. १५ हजार ५, तृतिय

हुनेलाई १० हजार ५ सान्त्वना हुनेलाई ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

अपा®ता भएका व्यक्तिलाई प्रोत्साहन र समाजको समदृष्टि विकास गर्ने हेतुले प्रथम बहिरा नृत्य प्रतियोगिता

संचालन गरिने आयोजकले भनाई छ । जसमा प्रथम हुनेलाई नगद रु. १० हजार ५ द्वितिय हुनेलाई नगद रु. ७

हजार ५ र सान्त्वना समुहलाई नगद रु. ३ हजार प्रदान गरिने छ ।

यस्तै अन्तर महिला समुह नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १० हजार, द्वितिय हुनेलाई नगद रु. ७ हजार

५ साथै सान्त्वना समुहलाई नगद रु. ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सबको पहिलो दिनमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ प्रमुख अतिथिका रुपमा रहने

आयोजकले जनाएको छ । साथै, महोत्सबका दोस्रो दिन गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, चौथो दिन गुरु

यु. पण्डितानन्द र महोेत्सवको अन्तिम दिन पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्री रविनद्र अधिकारीले

समापन गर्ने आयोजकले जानकारी दियो ।

महोत्सबका अन्य आकर्षणका रुपमा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने छ । सम्झना भण्डारी, काजल गुरुङ,

नेत्रपाणि बास्तोला, बबिता बानियाँ जेरी, प्रीति आले, मञ्जु पौडेल, खुमन अधिकारी, दिपक खड्का, रामजी

पौडेल, चोलेन्द्र पौडेल, बसन्त थापा, ज्योति लोहोनी, चन्द्र शर्मा, शंकर विरही गुरुङ, प्रदिप त्रिपाठी, कृष्ण भण्डारी

लगायतका कलाकारहरूको प्रस्तुती रहने उनले जानकारी दिए । महोत्सवलाई थप मनोरञ्जन प्रदान गर्नका निम्ति

हाँस्य कलाकारको पनि प्रहशन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर कुल खर्च नगद रु. ४० लाख १५ हजार ६ सय अनुमान रहेको आयोजकको भनाई छ ।

‘संस्थाको योजा मुताविक कार्यक्रम सफल भएमा बचतल रकम संस्थाको श्रीवृद्धि र विकास निर्माण साथै

सामाजिक कार्यमा खर्च गरिने छ,’ संस्थाका अध्यक्ष बम बहादुर गुरुङले भने ।

महोत्सवमा सञ्चालन गरिने ४० स्टल लगभग सबै बुकिङ भएको आयोजकले जाकारी दियो । पोखरा लामाचौरमा

रहेको इन्द्रराज्य लक्ष्मी माविको परिसरमा मेला संचालन गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...